१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

म्याग्दीका पहिलो संक्रमितको पुनःपरीक्षण पोजेटिभ

म्याग्दी जिल्लाको पहिलो कोरोना संक्रमित ब्यक्तिको दोस्रो परीक्षण पोजेटिभ देखिएको छ । जिल्लाको मालिका गाउँपालिका–४ घर भएका ३० वर्षीय कोरोना संक्रमित पुरुषको दोस्रो पटक गरिएको परीक्षणमा पनि पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए । नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरी बेनीको क्वारेन्टिनमा राखिएको यूवाको पहिलो परीक्षण पोजेटिभ आएपछि हाल खुल्लामञ्चमा रहेको शैक्षिक तालिम केन्द्रको भवनमा छन् ।  

पहिलो परीक्षणमा संक्रमण पुष्टि भएको सात दिनपछि गरिएको पुनः परीक्षणमा कोरोना पोजेटिभ देखिएपनि स्वास्थ्य अवस्था समान्य रहेको छ । त्यस्तै क्वारेन्टिनमा संक्रमित युवासँगै बसेका दुईजनाको पिसिआर नेगेटिभ आएपछि दुवैलाई घर पठाइएको छ । यसैबीच स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको १५ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय म्याग्दीका ल्याव टेक्निसियन धुब्र गिरीले बताए । म्याग्दीमा दुई जना संक्रमितकै अवस्था समान्य रहेको छ । अर्का संक्रमित मंगला गाउँपालिका–४ बरंजाका हुन् ।

प्रकाशित: २६ जेष्ठ २०७७ ०६:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App