२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

तस्बिर सौजन्य: सन्देश बराल

बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा महानगरपालिका–२५ हेमजाको भोटे क्याम्पमा दुर्घटना भएको छ।  

ग १ ख ९२९७ नम्बरको बस मध्यपहाडी राजमार्गमा सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा १९ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त शर्माले जानकारी दिए। बसमा ३६ जना यात्रु सवार रहेको प्रहरीको भनाइ छ।

घाइतेलाई पोखराका विभिन्न अस्पतालमा उपचारका लागि लगिएको र  दुर्घटनाको थप विवरण आउन बाँकी रहेको शर्माले जानकारी दिए।

‘घाइतेलाई उद्धार गरी पोखराका विभिन्न अस्पतालमा पुर्याइएको छ। चालकलाई प्रहरीको नियन्त्रणमा लिएका छौँ, थप विवरण आउन बाँकी छ’, शर्माले भने।

तनहुँबाट रिजर्भका लागि बागलुङ गएको बस पोखरा हुँदै तनहुँ फर्किने क्रममा साँझ ७ः३० बजेतिर दुर्घटनामा परेको थियो। 

प्रकाशित: १५ वैशाख २०८१ २१:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App