१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
ध्रुब दंगाल


ध्रुब दंगालका लेखहरु :

भोटेकोसीमा फर्कायो कांग्रेसले साख

स्थानीय तह चुनावमार्फत आफ्नो आधार क्षेत्र भोटेकोसी गाउँपालिकामा जित निकालेर नेपाली कांग्रेसले गुमेको साख फर्काएको छ। यहाँको गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबै कांग्रेसले जितेको छ।

वडाध्यक्ष थप्दै कांग्रेस, एमालेको सुरुवात, माओवादीले खोलेन खाता

एक सय तीनवटा वडा रहेको सिन्धुपाल्चोकको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले वडाध्यक्ष थपिरहेको छ । एमालेले जित निकाल्दै कांग्रेसलाई पच्छ्याइ रहँदा माओवादीले भने वडाध्यक्षमा खाता खोल्न सकेको छैन ।

ग्याँस पड्केर आगलागी हुँदा तीनजना बालबालिकाको मृत्यु

सिन्धुपालचोककाे बाह्रबिसे नगरपालिका–८ मानेश्वाँराको स्थानीय लामा टोलमा आइतबार साँझ ग्याँस विस्फोट हुँदा तीन जना बालबालिकाकाे ज्यान गएकाे छ।

मितेरी पुलको मर्मत थालियो, २० दिनलाई तातोपानीबाट आयात बन्द

उत्तरको मुख्य तातोपानी नाका भएर हुँदै आएको व्यापारिक कारोवार आगामी २० दिनको लागि बन्द गरिएको छ। नेपाल–चीन जोड्ने मितेरी पुलको मर्मत थालिएपछि बिहीबारदेखि कारोवार रोकिएको हो।

देउवाले भने : सडकबाट न्यायालयलाई धम्क्याउन मिल्दैन

प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतबाट संसद बिघटनको पक्षमा निर्णय आए पार्टीले चुनावमा भाग लिने बताएका छन्। अदालतले संसद पुनःस्थापना वा बिघटनको जुन निर्णय गरे पनि कांग्रेसले स्वीकार्नेसमेत उनले स्पष्ट पारे।

चार महिनापछि तातोपानी नाका सञ्चालनमा

चीनसँग व्यापारिक कारोबार हुने उत्तरको मुख्य तातोपानी नाका बन्द भएको साढे तीन महिनापछि बुधबारदेखि पुनः सञ्चालनमा आएको छ। बर्षाको बाढीपहिरोसँगै नेपालमा कोरोना संक्रमण बढेपछि असार तेस्रो सातादेखि नाका बन्द रहँदै आएको थियो।

सिन्धुपाल्चोकमा कोरोना शून्य

कोरोना भाइरसले दुईको ज्यान लिएको सिन्धुपाल्चोकमा अहिले कोरोना शून्य भएको छ। मृत्यु भएकाबाहेक संक्रमित सबै उपचारपछि निको भइ घर फर्केपछि जिल्ला कोरोना शून्य भएको हो।

केरुङ छ्यो ताल फुट्ने खतरा, तल्लो तटीय क्षेत्रमा सतर्क रहन आग्रह

तिब्बतको खासास्थित केरुङ छ्यो ताल फुट्ने खतरा रहेको भन्दै स्थानीय प्रशासनले भोटेकोसी र सुनकोसी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

बाढीले सिन्धुपाल्चोकमा १६ घर बगायाेः दुई जनाको मृत्यु, २३ बेपत्ता (अपडेट)

अविरल बर्षासँगै उर्लिएको खहरे खोलाले अरनिको राजमार्गको दुई बस्तीका १६ घर बगाएको छ। घरसँगै कम्तीमा २३ जना बेपत्ता भएका छन् भने दुई जनाको शव भेटिएको छ।

तातोपानी नाकाबाट एक अर्ब ६२ करोड मूल्यका कोरोना सामाग्री भित्रिए

चीनबाट उत्तरको मुख्य तातोपानी नाका भएर पछिल्लो दुई महिनामा कोरोना भाइरस (कोभिड–१९) सँग सम्वन्धित एक अर्ब ६२ करोड रुपैयाँभन्दा बढी मुल्यका स्वास्थ्य सामाग्री नेपाल आयात भएको छ।

सिन्धुपाल्चोकमा भारतबाट आएका एक जनामा कोरोना संक्रमण

सिन्धुपाल्चोकमा भारतबाट फर्किएका एक जनामा कोरोना संक्रमण भेटिएको छ। जिल्लाको इन्द्रावती–१० का ३२ वर्षीय पुरुषमा कोरोना भाइरस पोजेटिभ पाइएको हो।

कोरोनाबाट पहिलो मृत्यु हुने महिलाका आफन्त शिशुसहित घर फर्किए

कोरोना भाइरस (कोभिड–१९) को कारण नेपालमा पहिलो पटक ज्यान गुमाउने सुत्केरीका शिशुसहितका आफन्त धुलिखेल अस्पतालबाट सोमबार साँझ घर फर्केका छन्। उनीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले उनीहरुलाई घर पठाएको हो।

मृतक महिलाको घर र माइती गाउँ सिल

सिन्धुपाल्चोककी एक सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएपछि उनको घर र माइतीगाउँ सिल गरिएको छ। अस्पतालको रिपोर्टमा पीसीआर पोजेटिभ देखिएको थियो। उनको मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

नयाँ बर्षमै काठमाडाैंमा मेलम्चीको पानी : प्रधानमन्त्री

मेलम्ची खानेपानी आयोजनाको स्थलगत भ्रमण गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहालको निश्कर्ष छ-‘२०७४ सालमा काठमाडाैंमा मेलम्चीको पानी पुग्ने देखियो।’ उनले आयोजनाको प्रगतिबारे विस्तृतमा जानकारी लिएपछि प्रतिकृया दिएका छन्-‘यो आयोजना सम्पन्न गरेर राष्ट्रिय गाैरवका आयोजना सम्पन्न गर्न अब ढिला गर्न हुँदैन भन्ने सन्देश दिनु जरूरी छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्