६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

ग्याँस पड्केर आगलागी हुँदा तीनजना बालबालिकाको मृत्यु

सिन्धुपालचोककाे बाह्रबिसे नगरपालिका–८ मानेश्वाँराको स्थानीय लामा टोलमा आइतबार साँझ ग्याँस विस्फोट हुँदा तीन जना बालबालिकाकाे ज्यान गएकाे छ। यहाँ स्थित मिनबहादुर तामांगको घरमा ग्याँस पड्किँदा उनका सन्तानको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्ष बस्नेतले जानकारी दिए। उनका अनुसार १० र ६ वर्षका छाेरा र साढे २ वर्षीया छाेरीको ज्यान गएको हो।  

'उनीहरुको सामान्य किराना पसल रहेछ, ग्याँस चुलो बाल्दा खेरि एक्कासी पड्किएर घटना भएकाे हाम्रो जानकारीमा आयो। बालकहरुको बुबा सामान्य घाइते भएका छन्। घटनाका बेला मृतक बालबालिकाकी आमा नजिकै रहेपनि पसलमा नभएका कारण केही भएन,' उनले भने।

आगलागीबाट उनीहरुको घर पूर्ण रुपमा क्षति भएको छ। घरको मात्र १० लाख क्षति भएको डिएसपी बस्नेतले बताए। प्रहरीलाई आगलागी नियन्त्रणमा लिन एक घन्टा लागेको थियो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित: २० चैत्र २०७८ १६:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App