११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

मानसिक सन्तुलन गुमाएकी ३२ वर्षीया महिलामा कोरोना संक्रमण

धादिङको गजुरी गाउँपालिका वडा नं ५ घाटबेसी आसपासमा बस्दै आइरहेकी ३२ वर्षीया महिलामा कोरोना संक्रमित (कोभिड १९) पुष्टि भएको छ । मानसिक सन्तुलन गुमाएकी महिला डेढ वर्ष अघिदेखि घाटबेसी आसपास क्षेत्रमा बस्दै आइरहेकी थिइन् । उनको ठेगाना खुल्न सकेको छैन । बिरामी भएपछि स्वाब संकलन गरि जेठ २१ गते भरतपुर कोरोना अस्पतालमा पठाइएकोमा सोमबार कोरोना संक्रमण पुष्टि भएको गजुरी गाउँपालिकाका स्वास्थ्य संयोजक डा. रामहरि रेग्मीले जानकारी दिए ।  

सोमबार नै नीलकण्ठ नगरपालिकाले व्यवस्थापन गरेको नीलकण्ठ माविको क्वारेन्टिनमा बस्दै आएका १६ जनामा कोरोना भाइरस पुष्टि भएको थियो । नीलकण्ठ नगरपालिका वडा नं १ का १७ वर्षका पुरुष, नीलकण्ठ नगरपालिका वडा नं २ का २२ वर्षका पुरुष, नीलकण्ठ नगरपालिका वडा नं ३ का ४० वर्षका पुरुष, नीलकण्ठ नगरपालिका वडा नं ५ का ३० र ३५ वर्षका पुरुष, नीलकण्ठ नगरपालिका वडा नं ११ का ४२ र ५५ वर्षका पुरुष, नीलकण्ठ नगरपालिका वडा नं १४ का १४, २३, ३५, ४५, ५० वर्षका पुरुषहरु र २१, २७, ३६ वर्षका महिला र २० महिनाको बालिकामा कोरोना पुष्टि भएको छ ।

क्वारेन्टिनमा बस्दै आएकाहरुको आरडिटीमा पोेजेटिभ देखिएपछि स्वाब संकलन गरि जेठ २४ गते किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा पठाइएको थियो । सोमबार रिपोर्ट पोजेटिभ आएको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी विक्रम विकले जानकारी दिए । 

प्रकाशित: २६ जेष्ठ २०७७ १५:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App