१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दुई चिकित्सकसहित २० जनामा कोरोना संक्रमण

भरतपुरमा रहेको एक निजी अस्पतालमा कार्यरत दुई जना चिकित्सकसहित २० जनामा कोरोना संक्रमण पाइएको छ । भरतपुरस्थित कोभिड प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा उनीहरुको पिसिआर नतिजा पोजेटिभ आएको हो ।

भरतपुर अस्पताल स्रोतका अनुसार संक्रमितमध्ये तीन जना नवलपरासी र १७ जना चितवनका हुन् । आइतबार प्रयोगशालामा परीक्षणका लागि पठाइएका ३ सय स्वाब नमूनामध्ये २० जनाको नतिजा पोजेटिभ आएको स्रोतले बतायो । केही स्वाबको परीक्षण बाँकी रहेको बताइएको छ ।

भरतपुरमा रहेका केही अस्पतालका चिकित्सक, बिरामी र कर्मचारी तथा भरतपुर र माडीका विभिन्न क्वारेन्टाइनमा रहेका शंकास्पदहरुको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । संक्रमितहरुलाई भरतपुर कोरोना अस्पतालमा राख्ने तयारी भइरहेको छ । 

प्रकाशित: २६ जेष्ठ २०७७ ०९:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App