१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका व्यक्तिमा कोरोना रिपोर्ट नेगेटिभ

पाल्पाको प्रभास स्थित लुम्बिनी मेडिकल कलेजको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएका बिरामीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । गुल्मीको मालिका गाँउपालिका ३ का ६७ वर्षे एक पुरुषको उपचारका क्रममा सोमबार मृत्यु भएको थियो ।  

ती बिरामी दमको रोगी भएको अस्पतालले जनाएको छ । ज्वरो र स्वास प्रस्वासमा समस्या भएपछि उनलाइ उपचारका लागि परिवारले प्रभास स्थित लुम्बिनी मेडिकल कलेजमा ल्याएका थिए । ज्वरो र स्वासप्रश्वासको समस्या देखिएकाले उनलाइ कोरोनाको आशंकामा आइसोलेसनमा राखेर उपचार गरीएको र आइतबार बिहानै थ्रोट स्वाब परीक्षणका लागि भैरहवा पठाइएको मेडिकल कलेजको सुचना शाखाले जनाएको छ । ती व्यक्तिको पिसिआर रिर्पोट कोरोना नेगेटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाका प्रमुख डा.राजेन्द्र गिरीले जानकारी दिए ।  

मेडिकल कलेजको आइसोलेसनमा  गत शनीबार गुल्मीका २  र पाल्पाका २ गरी ४ जना भर्ना भएका थिए । ती चारै जनालाइ कोरोनाको आशंकामा आइतबार बिहानै थ्रोट स्वाब निकाली परीक्षणक ालागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको थियो । ४ जना मध्ये दुई जनाको कोरोना रिर्पोट पोजेटिभ आएको र मृतकसहित अर्का एक व्यक्तिको रिर्पोट नेगेटिभ आएको प्रयोगशालाले जनाएको छ

अस्पतालमा उपचारत दुई जनामा कोरोना संक्रमण

लुम्बिनी मेडिकल कलेज प्रभासको आइसोलेसनमा उपचारत दुई जनामा भने कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये एक जना पाल्पा र अर्का गुल्मीका हुन । संक्रमित दुवै जनाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ । संक्रमण पुष्टि भएका एक जना पाल्पाको पुर्वखोला गाँउपालिका स्थित सिलुवाको क्वारेन्टिनबाट आएका हुन । जेठ २० गते मृत्यु भएका सोही क्वारेन्टिनका संक्रमितसगै उनी भारतबाट फर्कीएका थिए । संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेका उनलाइ पनि सामान्य स्वास्थ्य समस्या देखिएपछि लुम्बिनी मेडिकल कलेजकोे आइसोलेसनमा पठाइएको गाँउपालिकाले जनाएको छ ।  

अर्का संक्रमित गुल्मीको रुरु गाँउपालिकाको क्वारेन्टिनबाट उपचारका लागि पठाइएका हुन । कोरोना पोजेटिभ दुवै जनालाई अस्पतालको कोरोना सेन्टरमा राखेर उपचार भइरहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मेडिकल कलेजका अध्यक्ष गोपाल पोख्रेलले जानकारी दिए ।  

प्रकाशित: २६ जेष्ठ २०७७ १७:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App