११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

धादिङमा एकैदिन थपिए १६ कोरोना संक्रमित

नीलकण्ठ माविमा निर्माण गरिएको क्वारेन्टिन । तस्बिर : सरिता/नागरिक

धादिङमा एकैदिन १६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुष्टि भएको छ । भारतबाट उद्धार गरि नीलकण्ठ नगरपालिकाले व्यवस्थापन गरेको नीलकण्ठ माविको क्वारेन्टिनमा बस्दै आएकाहरुमा संक्रमण भेटिएको हो ।  

क्वारेन्टिनमा बस्दै आएकाहरुको आरडिटीमा पोजेटिभ देखिएपछि स्वाब संकलन गरि जेठ २४ गते किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा पठाइएको थियो । सोमबार रिपोर्ट पोजेटिभ आएको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी विक्रम विकले जानकारी दिए ।  

धादिङमा कोरोना संक्रमितको संख्या २२ जना पुगेको छ । जिल्लामा यसअघि कोरोना संक्रमित नेत्रावती डवजोङ गाउँपालिका वडा नं ३ का पुरुष, गल्छी गाउँपालिका वडा नं ८ की ३० वर्षीय महिला, थाक्रे गाउँपालिका वडा नं ७ का ४१ वर्षीय पुरुष निको भएर घर फर्किसकेका छन् । धुनीबेसी नगरपालिका वडा नं ३ की २३ वर्षीय महिला, सिद्धलेक गाउँपालिका वडा नं ५ की २३ वर्षीय महिला र नीलकण्ठ नगरपालिका वडा नं ७ का ३३ वर्षीय पुरुष उपचाररत छन् ।  

लकडाउन सुरु भएदेखि भारतबाट धादिङ जिल्ला भित्रिनेहरुको संख्या एक हजार ६ सय ८८ जना रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए । नीलकण्ठ माविको क्वारेन्टिनमा अहिले ४६ जना रहेका छन् ।

प्रकाशित: २६ जेष्ठ २०७७ ०९:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App