कोरोना संक्रमितको शव धार्मिक कर्म सकिएपछि बल्ल व्यवस्थापन
गण्डकी प्रदेशमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट १९२ जनाको मृत्यु भएको छ। तीमध्ये नेपाली सेनाले प्रदेशका १० जिल्ला (नवलपुरबाहेक) का १८० जना मृतकको शव व्यवस्थापन गरेको छ। बाँकी मृतकको शव व्यवस्थापन परिवारका सदस्यबाटै भएको छ।