१९ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

समाजको डरले खुल्दैनन् एचआइभी संक्रमित

कर्णालीका एचआइभी संक्रमितहरू परिवार,समाजको विभेद् र स्थानीयतहरुको व्यवास्थाले गर्दा पिडामा रहेका छन्। स्थानीय तह एचआईभी एड्सका विषयमा उदासिन देखिदा र विभिन्न कार्यक्रमहरू मार्फत संक्रमितहरूलाई सम्बोधन गर्नु पर्नेमा पालिकाहरूले प्राथमिकता नदिँदा उनीहरु पीडामा परेका हुन्।

स्थानीय तहहरूले प्रतिबद्धता जनाए पनि सहयोग नभएको एचआइभी संक्रमितहरुको गुनासो छ। एचआइभी संक्रमितहरू पालिकाहरूको प्राथमिकतामा परेको देखिँदैनन्। सरकारले मिर्गौला,क्यान्सर,हृदयघात लगायतका दीर्घरोगीहरूलाई मासिक ५ हजार दिने घोषणा गरेको छ। यस्ता प्रकारका राहत कार्यक्रममा सरकारले एचआइभी संक्रमितहरूलाई छुटाएको उनीहको गुनासो छ।

दुर्गमका एचआइभी संक्रमितहरू एआरटी औषधी सेवन गर्नको लागी पनी कर्णालीका हुम्ला,मुगु,जुम्लाका संक्रमितहरू कालिकोट पुग्नुपर्ने बाध्यता रहेको छ।

एचआइभी संक्रमितहरूले पछिल्लो समय भाइरल रोग चेक जाँच गर्न पनी समस्या भएको बताएका छन्। वर्षको एकपटकमा परीक्षण गरीनु पर्ने भाइरल रोग चेकजाँच गर्न बिरामीले कर्णालीसंगै दैलेखमा पुग्नुपर्ने बाध्यता रहेको बताएका छन्। उनीहरुले स्वाब पनि परीक्षण गर्न पठाएको ६ महिना ढिलो हुने गरेको बताएका छन्।

‘एचआइभी संक्रमितहरू दीर्घरोगी नै हौं। एकचोटी संक्रमितभइसकेपछि निको हुने अवस्थाहुँदैन’, एक एचआइभी संक्रमित भन्छन्, ‘एचआइभी संक्रमितहरूमा हेपटाइटिस,टीबी जस्ता थप रोग देखिन्छन्। ३÷४ थरी औषधि खाएर जीवन बाँचिरहेका छौं।’ त्यस्ता व्यक्तिहरूलाई केन्द्र सरकारले विभेद त गरेकै छ स्थानीय सरकार समेत उदासिन देखिए।

एचआइभी संक्रमितका बालबालिकालाई शिक्षाको पहुचमा पुर्याउन आवासिय विद्यालयको ब्यवस्थापन गरीनुपर्ने उनीहरुको माग छ। स्वास्थ्य संस्थाका उपचार गर्न आउदा एचआइभी संक्रमित सेवाग्राहीहरु खुल्न नचाहाने गरेको स्वास्थ्य कार्यालय कालिकोटले जनाएको छ। दलित समुदायका महिलाहरुले एचआइभी चेक जाँच नगर्ने गरेका छन्।  

संक्रमित नखुल्दा सेवाबाट बन्चित

समाजमा एचआइभी संक्रमित नखुल्दा सेवाबाट बन्चित हुने गरेका छन्। स्थानीय सरकारले एचआइभी संक्रमितको लागि जिविकोपार्जनमा जोड् दिनुपर्ने बताएका छन्।

एचआइभी संक्रमितले पालिकामै सामुदायीक हेरचाहकेन्द्र खोल्न माग गरेका छन्। समाजको लालक्षना र भेद्भाव रोक्न समाजमा जनचेताको फैलाउनु पर्ने कालिकोटका दिपकशाहीले बताए। उनका अनुसार स्थानीय सरकासंग बजेटको माग गर्दा पनि स्थानीय सरकारले वास्ता नगरेको बताए।

हाल कालिकोट जिल्लामा ६३ जनामा एचआइभी भएको बताए। उनका अनुसार अहिले जिल्लामा ४५ जनाले औषधी सेवन गरीरहेका छन्। एचआइभी संक्रमित मध्ये जुम्ला,हुम्ला,मुगु र कालिकोटका गरी १ सय ४० जनाले निशुल्क स्वास्थ्यबीमा पनी गराएका छन्।

घरपरिवारको डर,सामाजिक अपहेलनाको त्रास,अस्मितामाथि प्रहार हुने भए लगायतका कारण संक्रमित खुल्न चाहँदैनन्। अझै पनि मानसिक रुपमा एचआइभी संक्रमणलाई अन्य रोग सरहकै रोग हो भन्ने स्वीकार गर्ने कम नै छन्।

कालिकोटमा कर्णालीप्लसले संक्रमितहरूलाई आत्मबल बढाउने,परामर्श दिने, औषधी उपचारमा सहयोग गर्ने काम गरिरहेको छ। कर्णालीप्लसका अध्यक्ष कालीबहादुर शाही पनि एचआइभी संक्रमित छन्। सुरुसुरुमा धेरै कष्टकर जिवन बिताए पनि अहिले सबै कुरा सहज हुँदै गएको उनले बताए। 

प्रकाशित: १४ पुस २०७९ १२:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App