coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

क्यानाडामा मंकीपक्सका ८ सय ९० संक्रमित

क्यानाडामा पनि मंकीपक्सका संक्रमितहरु भेटिन थालेका छन्। बुधबारसम्म कम्तीमा ८ सय ९० जना मंकीपक्सका संक्रमित भेटिएका हुन्। क्यानाडाका स्वास्थ्य संस्थाहरुले तीमध्ये चार सय २३ जना ओन्टारियोमा पाइएकाे जनाइएको छ।

यस सहरमा सुरुदेखि नै मंकीपक्सको संक्रमण बढेको पाइएको थियो। क्यानाडाको नेसनल माइक्रोबायोलोजी ल्याबरेटोरीले मंकीपक्स संक्रमणको लगत राखेको र अनुसन्धान गरिरहेको जनाएको छ।

सरकारले मंकीपक्सका विरुद्ध कम्तीमा पनि ७० हजार खोप  लगाउन तयार रहेसँगै ठूलो संख्यामा स्वास्थ्यकर्मी खटाइएको जनाएको छ। पछिल्ला केही महिनामा यो मंकीपक्सको संक्रमण विश्वका कैयौँ देशमा पुगेको छ। यसका कारण विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटका रुपमा पनि घोषणा गरेको छ। 

प्रकाशित: १९ श्रावण २०७९ ०७:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App