प्रसारण लाइन नबन्दा ऊर्जा खेर : १२ सय मेगावाट जोखिममा
विद्युत् उत्पादन क्षमता तीव्र रूपमा बढे पनि त्यसलाई राष्ट्रिय ग्रिडमार्फत बजारसम्म पुर्याउने प्रसारण तथा वितरण पूर्वाधार कमजोर रहँदा यसको आर्थिक र सामाजिक मूल्य देशले तिर्नुपरेको ऊर्जा विज्ञहरू बताउँछन्। नीतिगत अन्योल, कर संरचनाको असन्तुलन र स्वदेशी उद्योगप्रतिको उपेक्षाले समस्या अझ जटिल बन्दै गएको छ।

