२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

डेंगुबाट बाँकेमा दुई जनाको मृत्यु

नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत दुई जना डेंगु संक्रमितको मृत्यु भएको छ। बर्दियाका ८५ वर्षीय पुरुष र कैलाली टीकापुरकी १२ वर्षीया बालिकाको मृत्यु भएको अस्पतालले जनाएको छ।

अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. बद्री चापागाईंका अनुसार भदौ १४ गते र १९ गते भर्ना भएका उनीहरुको बुधबार एकै दिन मृत्यु भएको हो। अब बाँकेमा नेपालगन्जका पाँच जनासहित आठ जना डेंगु संक्रमित उपचाररत छन्।

बाँकेका सरकारी तथा विभिन्न निजी प्रयोगशालाहरुमा गरिएको परीक्षणका क्रममा पत्ता लागेका ११ जना संक्रमितमध्ये तीन जना बाँके बाहिरका थिए।

प्रकाशित: २२ भाद्र २०७९ १४:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App