११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

विश्व वरीयतामा सन्दीप लामिछानेको व्यापक सुधार, नेपाली टिमको वरीयाता भने खस्कियो

लामो समयपछि मैदान उत्रिएका नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को विश्व वरीयातामा एकै पटक २२ स्थान सुधार गरेका छन् । एकदिवसीय क्रिकेटको अलराउन्डरमा उनले छलाङ मारेका हुन् ।  

आईसीसीले जारी गरेको पछिल्लो वरीयतामा सन्दीप ४१औं स्थानमा पुगेका छन् । एकैपटक २२ स्थान सुधार गरेका उनी समान १४७ अंकसहित अस्ट्रेलियाका एडम जाम्पा र ट्राभिस हेडसँगै ४१औं स्थानमा रहेका हुन् । बलिङ तर्फको वरियतामा भने सन्दीप ४८औं स्थानमा यथावत छन् ।  

अलराउन्डर वरीयतामा नेपालका दीपेन्द्र सिंह ऐरी ४८ औं, कुशल मल्ल ५१ औं तथा सोमपाल कामी ५३ औं स्थानमा छन् । यस्तै करण केसी ७६औं र गुल्शन झा ९१औं स्थानमा छन् । करणको यो ११ स्थान र गुल्शनको १३ स्थान सुधार हो ।  

ब्याटिङ तर्फ आसिफ शेख ११ स्थान तल झर्दै ७९औं स्थानमा र कुशल भुर्तेल ४ स्थान तल झर्दै ८०औं स्थानमा पुगेका छन् ।  

नेपाली टिम भने १ स्थान तल झर्दै १७औं नम्बरमा पुगेको छ । क्यानडाले वरीयतामाएकैपटक ४ स्थान सुधार गरेको छ । 

प्रकाशित: ९ आश्विन २०८१ १७:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App