साफ यू –१७ च्याम्पियनसिप फुटबलमा नेपाल सेमिफाइनलमा पुगेको छ ।
भुटानको चाङ्लिमिथाङ रङ्गशालामा बुधवार सम्पन्न खेलमा नेपालले घरेलु टोलीलाई २ - १ गोलबाट हराउँदै ६ अंकका साथ समूह चरण दोस्रो हुँदै सेमिफाइनलमा पुगेको हो ।
नेपालका लागि ५५ औ मिनेटका कृष्णबहादुर आलेले फ्रिकीक मार्फत गोल गरे भने ८४ औं मिनेटमा सुजन डंगोलले गोल गरेका हुन ।
यस अघि सोमबार सम्पन्न खेलमा नेपालले श्रीलङ्कालाई ४- ० गोलले हराएको थियो भने शनिबार सम्पन्न पहिलो खेलमा नेपाल पाकिस्तानसँग १–० ले पराजित भएको थियो। अव सेमिफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्नेछ ।
प्रकाशित: ९ आश्विन २०८१ १९:५६ बुधबार