२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कर्णालीमा थप २० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६ सय ७१ पुग्यो

कर्णाली प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ६७१ पुगेको छ । प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणबाट थप २० जनामा कोरोना पुष्टि भएको हो । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार सल्यानमा १३, सुर्खेतमा पाँच र जुम्लामा दुई जना नयाँ कोरोना संक्रमित फेला परेका हुन् ।  

स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं. ३, ४, ५ र ८ का १२ जना पुरुष, कपुरकोट गाउँपालिका–६ का एकजना पुरुष, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ की एक महिला र दुईजना पुरुष, गुर्भाकोट नगरापलिका–१४ की एक महिला र सिम्ता गाउँपालिका–६ का एक जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।  

यस्तै जुम्लाको हिमा गाउँपालिका–४ की एक महिला र तीला गाउँपालिका–२ का एक जना पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । कर्णालीमा हालसम्म कोरोना संक्रमण् जितेर घर फर्कनेको संख्या ११ छ भने कोरोनाकै कारण कर्णालीमा तीन जनाको मृत्यु भएको छ । 

प्रकाशित: २७ जेष्ठ २०७७ ०९:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App