१७ वैशाख २०८१ सोमबार
image/svg+xml

रुसले लिसिचान्स्कमा विपत्तिजनक विनाश मच्चाइरहेको छः युक्रेन

युक्रेनले रुसले डोनबास क्षेत्रको पूर्वी औद्योगिक सहर लिसिचान्स्कमा भारी गोलाबारी गरिरहेको बताएको छ।

पर्वतलाई प्राथमिकता

विश्वका अर्बाैँ मानिसको स्वच्छ पिउने पानीको स्रोत पर्वतीय क्षेत्र हो। यही पर्वतीय क्षेत्रबाट बग्ने नदीले सिँचाइ तथा जलविद्युत् परियोजना सञ्चालनका लागि आवश्यक पानी उपलब्ध गराउँछन्।

पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन मंसिरमा हुने

अन्तर्राष्ट्रिय सम्मेलनको मूल नारा ‘पुनर्निर्माणबाट उत्थानशीलतातर्फ’ रहेको छ।सम्मेलनमा निजी आवास पुनर्निर्माण, सांस्कृतिक सम्पदा पुनर्निर्माण, सार्वजनिक पूर्वाधार पुनर्निर्माण, जीविकोपार्जन तथा आर्थिक पुनस्र्थापना र सुशासनका विभिन्न पक्षमा गरिएका अनुसन्धानमूलक प्रस्तुतिका साथै विषयगत गोष्ठीसमेत गर्ने कार्यक्रम रहेको छ।

मेलम्चीमा विनाशकारी बाढीपहिरो: एक होइन, बहु कारण कारक

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र र नेपाल इन्जिनियरिङ एसोसिएसनले गरेका छुट्टाछुट्टै अध्ययनको प्रारम्भिक प्रतिवेदनअनुसार मेलम्ची नदीमा बाढीपहिरो आउनुमा एउटा मात्रै नभएर धेरै कारण जिम्मेवार रहेको देखिएको छ। मेलम्चीको जलाधार क्षेत्र अझै पनि कमजोर छ। कतिबेला कमजोर धरातल खस्छ भन्ने यकिन गर्न सकिने अवस्था छैन।

छिटो विकासका नाममा विनाश

हाम्रा विकास प्राकृतिक धरातलीयअनुसार एकीकृतरूपमा छिटो भन्दा दिगो हुने प्राविधिक पक्षलाई ध्यान दिइ गराउनुपर्छ। अनिमात्र बाढी/पहिरोको क्षति न्यूनीकरणमा सघाउ पुग्छ।

जंगलमा डढेलो: विनाश हुँदै पक्षी वंश

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्रै ४ सय ५० प्रजातिका चरा पाउने गरेको सुदूरपश्चिमका तराई तथा पहाडी जंगलमा ६ सयभन्दा बढी प्रजातिका चराचुरुङ्गीको बसोबास रहेको छ। पन्छीहरूले जंगलमा गुँड लगाउने, बच्चा कोरल्ने, बच्चालाई उडाउन सिकाउने, चर्न सिकाउने समय यही हो। हो, यही समयमा अहिले सुदूरपश्चिमको जंगलमा डढेलो सल्केको छ। दिन दुई गुणा रात चार गुणाका हिसाबले यहाँको वन सखाप हुँदैछ। डढेलोमा परेर बंश विस्तारका लागि गुँड लगाएका चरा चुरुङ्गी नासिन थालेका छन्।

२०२० मा विश्वमै बढी वनविनाश

सन् २०२० मा कम्तीमा ४२ हजार वर्गकिलोमिटर वनक्षेत्र विनाश भएको एक अध्ययनले देखाएको छ। मेरिल्यान्ड विश्वविद्यालय र ग्लोबल फरेस्ट वाचको एक समीक्षाले यो विनाश गत २० वर्षको सरदरभन्दा अत्यधिक रहेको देखाएको हो। यो विनाश विशेषगरी अमेजन क्षेत्र, कंगो र दक्षिण पूर्वी एसियामा सबैभन्दा बढी रहेको छ।

पुरातात्विक सम्पदा पुनर्निर्माण सुस्त

२०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पले धादिङका करिव दुई सय भन्दा बढी बौद्ध गुम्वा, बौद्ध विहार र छ्योर्तेनहरुमा क्षति पुर्‍यायो। भूकम्प गएको एक वर्षपछि बौद्ध गुम्वा र धार्मिक सम्पदाहरुको पुनर्निर्माण सुरु गरेको भएपनि पुनर्निर्माण हुन सकेको छैन।

बाढी विनाशमा तयारी

मानवीय क्षतिमात्र भएको छैन। धन/सम्पत्तिको क्षति पनि उत्तिकै भएको छ। राजधानीलाई मोफसलसँग जोड्ने मुख्य राजमार्गहरूमात्र हैन, जिल्ला–जिल्ला, प्रदेश–प्रदेश र पूर्व–पश्चिम अनि उत्तर–दक्षिण जोड्ने राजमार्गसमेत क्षतविक्षत भएका छन्।

विकासको नाममा विनाश भयो : पूर्वराष्ट्रपति यादव

पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्राकृतिक विनाश गरेर सरकारले देश विकासको नाममा विनाश गरेको बताएका छन्। रविन्द्र पुरी फाउडेशन फर कन्जरभेसनको दशौं वार्षिकोत्वसको शनिबार भक्तपुरमा उद्घाटन गर्दै उनले पर्यावरणमैत्री विकास हुनुपर्ने बताए।

चुरे संरक्षणको उपाय

चुरे विनाश आजका सन्ततिले मात्र गरेका हैनन्। जिम्दारी चलाउने व्यक्तिदेखि पञ्चायती शासकसम्मले भ्याए जति वन मासे। विगतमा सरकारले खोलेको द टिम्बर कर्पोरेसनले वन पैदावार बिक्री वितरणको जिम्मेवारी नै पाएको थियो। त्यतिखेर कर्पोरेसनले ठेकेदारमार्फत लकडी कटान, घाट गद्दी बिक्रीसमेत गर्ने÷गराउने गथ्र्यो। नाफा बढी लिनका लागि ढला पडा सुखल खडा नभएर सबैभन्दा मोटा, सोझा रुख छानी छानी काट्ने कार्य भयो। जुन क्रम चारकोसे झाडी र चुरे क्षेत्रमा निरन्तर रह्यो। त्यो बेला उक्त स्रोतबाट को को मोटाए राज्यले के÷कति आम्दानी ग¥यो, खोजबिन हुँदै जाला तर वन विनाश भएकोचाहिँ पक्कै हो।

भूकम्पपछि फेरिएको सिन्धुपाल्चोक (फोटो फिचर)

विनाशकारी भूकम्पले खण्डहर बनेको सिन्धुपाल्चोकका बस्तीहरु सहरउन्मुख बनेका छन्। स्थानीयहरुले सडक पुर्यायर मात्रै घरहरु निर्माण गरेपछि बस्तीको मुहारमा सहरको झल्को देखिन थालेको हो। विनाशपछि विकास हुन्छ भन्ने अवधारणलाई यहाँका बासिन्दाले प्रष्ट पारेका छन्।

पाइँदैन विनाश गर्न

अचेल विकासका नाममा विनाश गर्ने प्रवृत्ति बढेको छ। म कडा शब्दमा भन्ने गर्छु– विकासका नाममा विनाश गर्ने अधिकार कसैलाई छैन। तर देश संघीयतामा रूपान्तरण हुन लागेपछि विकासका नाममा विनाशका काम धेरैतिर भएका छन्। सडक बनाउने नाममा साविकदेखि राजकुला र अरु कुला बेमाखसँग मासिएका छन्।

विनाशको कारक बन्दै विकासे सडक

यसका साथै हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे सडकका कारण स्थानीयले भोग्नुपरेको सास्तीले सडक आवश्यक तर सकस पनि त्यत्तिकै भन्न थालेका छन्। असार अन्तिममा परेको अबिरल वर्षाका कारण ओखलढुंगामा मानवीय र भौतिक क्षति दुवै ग-यो।

मापदण्डविपरीत सडक बनाउँदा दर्जनौं बस्ती जोखिममा

सभाव्यता अध्ययन, त्यसपछि डिपिआर गरेर मात्र सडक खन्ने प्रावधान लत्याउँदै जहाँ मन लाग्यो त्यहाँ डोजर चलाएर पहाड चिथोर्दा सुदूरपश्चिमका थुप्रै बस्ती जोखिममा परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्