२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

भूकम्पपछि फेरिएको सिन्धुपाल्चोक (फोटो फिचर)

सिन्धुपाल्चोक– विनाशकारी भूकम्पले खण्डहर बनेको सिन्धुपाल्चोकका बस्तीहरु सहरउन्मुख बनेका छन्। स्थानीयहरुले सडक पुर्यायर मात्रै घरहरु निर्माण गरेपछि बस्तीको मुहारमा सहरको झल्को देखिन थालेको हो। विनाशपछि विकास हुन्छ भन्ने अवधारणलाई यहाँका बासिन्दाले प्रष्ट पारेका छन्। 

बस्तीको समग्र स्वरुपलाई व्यवस्थित गर्न स–साना अभियानले सम्भव थिएन। ०७२ वैशाख १२ को विनासकारी भूकम्पले दिएको पीडालाई सिन्धुपाल्चोकका अधिकांश नयाँ बस्तीहरुले अवसरमा परिणत गरेका छन्।

‘भूकम्प अघि यहाँका बस्तीहरु साँधुरा थिए, सामान्य हिडडुल गर्न पनि समस्या थियो’ मेलम्ची नगरपालिका–२ ज्योतिषगाँउका वडा सदस्य मिनप्रसाद खतिवडा भन्छन्, ‘बालबच्चा र वृद्धवृद्धा सबै भन्दा पीडित थिए, अहिले बाटोको अवस्था सुधार छ।’

अस्तव्यस्त रहेको बस्तीमा फराकिलो बाटोसंगै खानेपानी, बिजुली, शौचालय, स्वाथ्य चौकी, विद्यालय पुगिसकेका छन्। ग्रामिण बस्तिलाई व्यवस्थित गर्न नगरपालिकासंग उचित अभियान नभएपनि स्थानीयहको कदम भने प्रशंसा योग्य देखिन्छ। 


घर निर्माण गर्दा स्थानीयहरुमा ऋणको भार थपिएको छ। सरकारले उपलब्ध गराएको तीन लाख रुपैयाँ पर्याप्त रकम हैन। तर पनि स्थानीय आत्तिएका छैनन्। ‘हामीले ऋण गरेरै भएपनि घर निर्माण गरेका छौं’ स्थानीय शंकर खतिवडा भन्छन,‘अब विस्तारै ऋण पनि तिर्दै जानेछौं।’

विनाशकारी भूकम्पले सिन्धुपाल्चोकमा मात्रै तीन हजार पाँच सयको ज्यान लिएको थियो। भूकम्पले ९० प्रतिशतभन्दा बढी व्यक्तिगत तथा सरकारी संरचना ध्वस्त बनाएको थियो। भूकम्पको पीडालाई ठडिँदै गरेको बस्तीले मल्हम लगाउँदै गएको पनि देखिन्छ। 

ग्रामीण क्षेत्रमा न्यूनतम पूर्वाधार पुगेपछि पर्यटकको आगमन पनि वृद्धि हुँदै गएको छ। होटेलहरु खुल्ने क्रममा पनि वृद्धि हुँदै गएको छ। बस्तिमा प्रयोग भएका फरक फरक रंगका घरहरुले पर्यटक आकर्षित हुने गरेका छन्। 

 

प्रकाशित: २५ आश्विन २०७६ ०९:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App