१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

कोशी कांग्रेसले मंसिर २२ गते पार्टी सम्मेलन गर्ने

नेपाली कांग्रेस कोशी प्रदेश समितिले पार्टीको पहिलो प्रदेश सम्मेलन मंसिर २२ गते विराटनगरमा गर्ने भएको छ।

समितिले बिहीबार पत्रकार सम्मेलन गरी पार्टी सभापति शेरबहादुर देउवाको उपस्थितिमा मंसिर २२ गते पहिलो सम्मेलन विराटनगरमा गर्ने निर्णय गरेको जानकारी दिएको हो।

सम्मेलनमा पार्टीका केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी, केन्द्रीय सदस्य, प्रदेशका जिल्ला सभापति, क्षेत्रीय सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, नगर गाउँ कार्यसमिति सभापति, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरू सहभागी हुने पार्टीको प्रदेश महामन्त्री भूपेन्द्र राईले जानकारी दिए।

उनका अनुसार सम्मेलनमा प्रदेश समितिको दुई बर्से कार्यकालको समीक्षा हुनेछ। पुस १६ गतेदेखि सात महिने साङ्गठनिक जागरण अभियान पनि सञ्चालन गरिने समितिले जनाएको छ।

राष्ट्रिय मेलमिलाप दिवस र सहिद दिवसको अवसर पारेर नेपालको होचो स्थान झापाको केचनाकवलबाट विश्वकै सर्वोच्च शिखर सगरमाथासम्म सात महिने साङ्गठनिक जागरण अभियान  सञ्चालन गरिने नेपाली समिति सभापति उद्धव थापाले जानकारी दिए।

प्रकाशित: १३ मंसिर २०८१ २०:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App