१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

चुरे संरक्षणमा प्रदेश सरकारको झारा टार्ने नियत

प्रदेश २ को प्रदेशसभामा बिहीबार कांग्रेस संसदीय दलका नेता रामसरोज यादी तथा विपद्को प्रमुख कारण चुरे विनाश रहेकाले चुरे संरक्षण साझा मुद्दा बन्नुपर्ने माग गरे। संघीय सरकारसँग समन्वय गरेर चुरे संरक्षणमा लाग्न यादवले प्रदेश सरकारलाई सुझाए।

जथाभावी डोजर विनाशको कारक

डिभिजन वन कार्यालयमा वन उपभोक्ता समूहले वन संरक्षणसम्बन्धी उजुरी दिएको नदेखिनुले पनि वन तथा वातावरण विनाशमा उनीहरूको मौनता प्रस्ट हुन्छ।

सडकको भलपानी नै विनाशकारी

जिल्लाको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी बजारमा हाट लाग्ने ठाउँको पर्खाल निर्माण गरिएको केही समयपछि नै भत्किएको छ।

वीर अस्पताल एक सय ३० वर्षमा

मुलुककै पहिलो स्वास्थ्य संस्था वीर अस्पताल एक सय ३० वर्षमा प्रवेश गरेको छ। १९४७ साउन १२ गते १५ शड्ढयाबाट सुरु भएको सो अस्पतालले २०७२ को विनाशकारी भूकम्पअघि चार सय ६० शड्ढयामा उपचार सेवा प्रवाह गर्दै आएको थियो।

नुवाकाेटमा ६८ दशमलव ५३ प्रतिशतले लिए तेस्रो किस्ता

२०७२ सालकाे  विनाशकारी भुकम्पपछि भत्किएका निजि आवासमध्ये नुवाकोटमा ६८ दशमलव ५३ प्रतिशत लाभग्राहीले मात्र तेश्रो किस्ता रकम बुझेका छन्।

निकासबिनाको विकासले विनाश

हरेक वर्षायाममा अविरल वर्षा भएपछि सदरमुकाम मलंगवासहित दक्षिणी क्षेत्रका अधिकांश बस्ती डुबानमा पर्ने गरेका छन्। यस वर्ष पनि अविरल वर्षाका कारण गत असार २६ गतेदेखि नै दक्षिणी क्षेत्रका कतिपय गाउँ अझै पनि डुबानमा छन् र पीडित पाल तथा स्थानीय विद्यालयको आश्रयमा छन्।

विकासले निम्त्यायो विनाश

पर्याप्त प्राविधिक अध्ययन बेगरै जथाभावी बनाइएका सडक नै अन्ततः पहिरो खस्ने मुख्य कारण बनेका छन्। सडक बनाउने लोभमा जथाभावी पहाड खोतलिएको दुष्परिणाम पहिरोको रुपमा प्रकट भएको हो। यतिबेला पाँचथरमा यस्तै समस्या उत्कर्षमा छ।

पहिरोले ४ परिवार विस्थापित, दर्जन घर जोखिममा

विकासको नाममा गरिएका अव्यवस्थित सडक निर्माणले वर्षातको सुरुवातसँगै विनाश गर्न थाालेको छ। महाकाली नगरपालिका–९ दत्तुमा सडक निर्माणको कारण खसेको पहिरोबाट चार घरपरिवार विस्थापित भएका भने पुरै बस्ती जोखिममा रहेको छ।

हुरीप्रभावित क्षेत्रमा पुनर्निर्माण

गत चैत १७ गतेको विनाशकारी हुरीबाट क्षति भएका घरहरूको पुनर्निर्माण कार्य शनिबार सुरु भएको छ। संघीय सरकारका उपप्रधानमन्त्री, मन्त्रीहरू र प्रदेश २ का मुख्यमन्त्रीले बाराका १० स्थानमा पुगेर जनता आवास निर्माण योजनाको शिलान्यास गरेपछि पुनर्निर्माण सुरु भएको हो। वर्षायामअघि नै आवास बनाइसक्ने गरी तीन चरणमा निर्माण कार्य अगाडि बढाइएको र त्यसमा सेनाले समन्वय गरिरहेको चन्दन गणका गणपति कर्णेल पारसविक्रम शाहले जानकारी दिए। पहिलो चरणमा एक महिनाभित्र सकिने गरी चार सय ८२ घर तथा दोस्रो–तेस्रो चरणअन्तर्गत साउनभित्र पूर्ण क्षति भएका घरहरूको निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको उनले बताए।

आँधीपीडितलाई सहयोगीको सहयोग

गत आइतबार साँझको विनाशकारी आँधीहुरीबाट प्रभावितका लागि सहयोगी विकास बैंक लिमिटेडले आर्थिक सहयोग गरेको छ।

पीडितका लागि विविध सहयोग

आइतबार साँझको विनाशकारी हुन्डरीबाट प्रभावितका लागि सहयोग जुट्न थालेको छ। मृतकका परिवारलाई प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका राष्ट्रिय जनता पार्टीका प्रदेश २ का संसदीय दलका नेता जितेन्द्र सोनलले पार्टीका तर्फबाट काजकिरिया सहयोग स्वरूप जनही ११ हजार रुपैयाँका दरले नगद वितरण गरेका छन्। आफूहरूले २८ परिवारलाई बुधबार नगद प्रदान गरिएको मन्त्री सोनलले बताए।

आँधी प्रभावित क्षेत्रमा बिजुली नियमित

बारा र पर्सामा आइतबार आएको विनाशकारी आँधी प्रभावित क्षेत्रमा मंलगबारदेखि बिजुली आपूर्ति नियमित भएको छ। कलैयाको चन्द्रनिगाहपुर वितरण केन्द्रबाट बिजुली आपूर्ति हुने ग्रामीण क्षेत्रका केही ठाउँबाहेक अन्य क्षेत्रमा मंगलबार बेलुकादेखि नियमित आपूर्ति सुरु भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

त्रिवि शिक्षण अस्पतालमा नौ जनाको उपचार हुँदै

आइतबार रातिको विनाशकारी हुरीबतासबाट घाइते भएकामध्येबाट नौ जनाको उपचार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भइरहेको छ। नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार हुन नसकेका दुई बालकसहित घाइतेलाई नेपाली सेनाको स्काई ट्रक (जहाज) बाट सोमबार दिउँसो काठमाडाैँ ल्याइएको हो भने थप दुई जनालाई भने सोमबार साँझ सेनाकै एमआई–१७ नाइट भिजन हेलिकोप्टरबाट ल्याइएको थियो।

एक मिनटमै सोत्तर भयो गाउँ

आइतबार साँझ करिब पौने आठ बजेतिर आएको विनाशकारी हावाहुरी थामिए पनि त्यसले पुरैनियावासीलाई सोत्तर बनाएर छाडेको छ। फेटा चोकबाट गाउँमा पस्ने मूल बाटोबाट पुरैनियातिर प्रवेश गर्नेबित्तिकै ढलेका रुख, जरैबाट उखेलिएका बाँसका घारी देखिन्छन्।

चार हजार विद्यालय पुनःनिर्माण सम्पन्न

विनाशकारी भूकम्पमा क्षतिग्रस्त भएकामध्ये हालसम्म चार हजार १९० विद्यालय पुनःनिर्माण भएका छन्। पुनःनिर्माण भएकामध्ये विद्यालय व्यवस्थापन समितिमार्फत तीन हजार ३६८, निर्माण व्यवसायीमार्फत ६४ र गैरसरकारी क्षेत्रमार्फत ७५८ विद्यालय निर्माण भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्