२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

भारतमा किसान आन्दोलन दिल्ली तर्फ बढ्दै, धारा १४४ लागू

आफ्नो माग सम्बोधनका लागि भारतको राजधानी दिल्ली आउन लागेका किसानलाई रोक्न एक महिनाका लागि धारा १४४ लागू गरिएको हो।

मजदूर नै बेखबर मजदूर दिवस

रामेछापका ६७ वर्षीय गोमान तामाङ काठमाडौँ आएको ३२ वर्ष भयो। पातलो बस्तीमा आएका गोमान अहिलेका बाक्लो र अग्लाअग्ला घरका बस्ती देख्दा निधार खुम्चाउँदै इतिहास सम्झन्छन्– २०६२/०६३ को आन्दोलनमा दिनहँु चावहिल चोकमा नारा जुलुस गर्न कपनबाट हिँड्दै आउँथेँ।

मजदुर आन्दोलनको चेपुवामा मणिपाल शिक्षण अस्पताल

मणिपाल शिक्षण अस्पतालको सेवा प्रभावित भएको छ। तीनसाता भन्दा लामो समयदेखि मणिपालमा मजदुर आन्दोलन चलिरहेको छ। आन्दोलनका कारण कम मूल्यमा स्वास्थ्य सेवा पाउने बिरामीलाई मार परेको छ। आन्दोलनका कारण उपचारका लागि आउने बिरामी नै घट्न थालेका छन्।

श्रमिक महिला र नेतृत्व तहमा महिला

विश्वमा जति क्रान्ति, सन्धि र सम्झौता भए तापनि विश्व सञ्चालन गर्ने तालाचाबी भनेको आजका दिनसम्म आइपुग्दा पनि पुरुषहरूकै खल्तीमा छ। नारीको पोल्टोमा भने केवल आश्वासन, कार्यान्वयनमा नआउने वा नगरिने कानुनी दस्ताबेजमा समेटिएका बुँदाहरू, निगाहस्वरूप प्रदान गरिने केही आरक्षण आदि मात्र परेका छन्।

युक्रेन युद्धपछाडि लुकेको आर्थिक स्वार्थ

अहिले देखिएको युक्रेन द्वन्द्व युरोपको प्राकृतिक ग्यास बजारलाई कसले नियन्त्रण गर्ने भन्ने प्रतिस्पर्धाको परिणाम हो ।

तीन हजार पर्यटन मजदुरलाई राहत

संस्कृति, पर्यटन तथ नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा बुधबार काठमाडौंमा आयोजित एक समारोहमा उक्त घोषणा गरिएको छ। अध्यक्ष लामाले आगामी तीन महिनाभित्रमा राहत वितरण गरिसक्ने जानकारी दिए।

भोकको डरले फेरि भारत

गौरिफन्टा नाकामा एक साता यता भारतबाट प्रवेश गर्नेको भन्दा भारत जानेको संख्या बढी रहेको कैलालीका प्रहरी नयाव उपरीक्षक प्रतिक बिष्टले बताए।‘

दुःखको पहाडले थिचेपछि...

लकडाउनले थलिएका बेला श्रीमती बिरामी भएकाले एक मजदूर जोडी थप तनावमा परेको छ। श्रीमती विपना राईलाई वीर अस्पतालमा उपचार गराउँदै आएका श्रीमान् हिरालाल श्रेष्ठ आर्थिक अभावले बेचैन बनेका छन्।

‘हे भगवान्, अझै कति दुःख दिन्छौ !’

एक जनाको कमाइले ७ जनाको परिवार पाल्दै आएका पर्वतारोही मौले तामाङ छोराछोरीको भविष्य सम्झेर कहालिन्छन्। डेरामा बसेर जिन्दगी धान्न महिनाको ५० हजार रुपैयाँ खर्च लाग्छ। आफ्नो भन्ने घर छैन, जग्गा छैन, कसरी छोराछोरीको भविष्य बनाउने? यही प्रश्न हरपल घुमिरहन्छ उनको मनमा।

मजदूरको उद्धार

निर्माणाधीन १११ मेगावाटको रसुवागढी हाइड्रोपावरमा काम गर्ने एक मजदूरलाई आज सूर्यकुण्ड फेदीबाट उद्धार गरी काठमाडौँ पुर्‍याइएको छ।

मजदूरलाई सुरक्षित राखेर उद्योग सञ्चालन गरिने

लकडाउनको पूर्ण पालना गरी आफ्ना मजदूरलाई उद्योगमै राख्ने व्यवस्था मिलाएर कपिलवस्तुमा उद्योग सञ्चालन गर्न दिने निर्णय गरिएको छ।

गाउँपालिकाद्वारा उद्धार

बन्दिपुर गाउँपालिकाले कोभिड–१९को जोखिम हुन नदिन लकडाउन  जारी रहेपछि समस्यामा परेका इँटाभट्टामा काम गर्न २५ जना मजदूरलाई घर पुर्‍याउन सहयोग गरेको छ।

इच्छाकामना गाउँपालिका अध्यक्षद्वारा अलपत्र मजदूरको उद्धार

कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि विभिन्न जिल्लाबाट घर जान आएका मजदूरको इच्छाकामना गाउँपालिकाले उद्धार गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्