७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

तीन हजार पर्यटन मजदुरलाई राहत

नेपाल पर्वतरोहण संघले कोभिड–१९ बाट प्रभावित तीन हजार पर्यटन मजदूरलाई रहत दिने भएको छ। संघमा आबद्ध पर्वतारोहीमध्ये आर्थिक रूपमा कमजोर रहेका र कोभिड–१९ बाट प्रभावित भएका उनीहरूलाई राहत दिन लागिएको अध्यक्ष सन्तवीर लामाले जानकरी दिए। जापानको निप्पोन फाउन्डेसनको सहयोगमा उनीहरूलाई राहत दिन लागिएको हो।  

संस्कृति, पर्यटन तथ नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा बुधबार काठमाडौंमा आयोजित एक समारोहमा उक्त घोषणा गरिएको छ। अध्यक्ष लामाले आगामी तीन महिनाभित्रमा राहत वितरण गरिसक्ने जानकारी दिए।

पर्यटन मजदुरका साथै कुष्ठरोगीका लागि समेत राहत वितरण गरिने जनाइएको छ। निप्पोन फाउन्डेसनले राहत वितरणका लागि दुई लाख १३ हजार डलर (झण्डै दुई करोड ५० लाख रूपैयाा) दिने सहमति भएको सो क्रममा जानकारी दिइएको थियो। संघमा आबद्ध ११ हजार मजदुरमध्ये छनोट गरी राहत दिइनेछ। मजदुरलाई चामल,  दाल, नुन, तेल, चिनी  उपलब्ध गराइने सो क्रममा जानकारी दिइएको थियो।

यस्तै, संघले कोभिड–१९ उपचारका लागि निर्माण भएको आइसोलेसन केन्द्रमा समेत स्वास्थ्य सामग्री वितरण गर्नेछ। ५०० पर्वतारोहीलाई आरोहणका बेला अत्यावश्यक हुने अक्सिजन सिलिन्डर दिइने जनाइएको छ। 

समारोहमा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री आलेले प्रभावित मजदुरलाई राहत उपलब्ध गराउन लागिएकोमा सराहना गर्दै पर्यटन क्षेत्रको विकासमा राज्यको गम्भीर ध्यान गएको बताए। उनले ज्यान दाउमा राखेर हिमाल चढी मुलुक चिनाउने पर्वतारोहीको प्रशंसा पनि गरे। 

प्रकाशित: १६ मंसिर २०७८ ०६:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App