७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

मजदूरको उद्धार

रसुवा - निर्माणाधीन १११ मेगावाटको रसुवागढी हाइड्रोपावरमा काम गर्ने एक मजदूरलाई आज सूर्यकुण्ड फेदीबाट उद्धार गरी काठमाडौँ पुर्‍याइएको छ। जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक  इन्द्रप्रसाद सुवेदीका अनुसार गोसाइँकुण्डतर्फको पैदलमार्ग हुँदै आफ्नो गृह जिल्ला सिन्धुपाल्चोकतर्फ हिँडेका अन्दाजी ३० वर्षीय सुरज लामाको  हेलिकप्टरमार्फत उद्धार गरिएको हो।

आयोजनास्थल रसुवाको टिमुरेबाट यही वैशाख ६ गते घरतर्फ हिँडेका लामा लामो समयसम्म गन्तव्यमा नपुगेको प्रहरीले  जानकारी पाएपछि खोज उद्धारका क्रममा सूर्यकुण्डको फेदीमा  फेला परेको बताइएको छ। लकडाउनका कारण सडकमार्गको सवारी आवागमन बन्द भएपछि लामाले गोसाइँकुण्डको उच्च भूभागको बाटो रोजेको हुन सक्ने स्थानीयवासीले अनुमान गरेका छन्। लकडाउनपछि आफूले काम गरिरहेको चिनियाँ हाइड्रो सिडब्ल्युई कम्पनीलाई कुनै सूचना नदिई हिँडेका लामाको खोज उद्धारमा सहयोग पुर्‍याउन  छिटोछरितो हेलिकप्टर  उपलब्ध  गराइएको रसुवागढी हाइड्रोका आयोजना प्रमुख छवि गैह्रेले बताए। 

हिमपात भइरहेका अवस्थामा निकै दिन उच्चभागमा रहेका लामाको स्वास्थ्य परीक्षणका लागि अहिले काठमाडौँस्थित सिभिल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। रासस

प्रकाशित: १९ वैशाख २०७७ ०७:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App