दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यू-१९ च्याम्पियनसिप भोलिदेखि पोखरामा सुरु हुँदैछ।
शनिबारदेखि पोखराको पोखरा रगंशलामा हुने सो प्रतियोगितामा आयोजक राष्ट्र नेपाल सहित बंगालदेश, भुटान र भारतले सहभागीता जनाउँदै छन्। भोलि हुने पहिलो उद्धाघटन खेलमा बंगालदेश र भुटानले दिउँसो १२ बजे प्रतिस्पर्धा गर्नेछन्।
त्यस्तै, भोलि नै हुने दोस्रो खेलमा आयोजक राष्ट्र नेपाल र भारतबीच खेल हुनेछ। सो खेल दिउँसो ३ बजे हुनेछ।
चार टोलीले सहभागीता जनाएको सो च्याम्पियनसिपको फाइनल माघ २४ गते हुनेछ। आज भएको प्रि- म्याच कर्नफेरेन्समा सहभागी चारै टोलीले साफ च्याम्पियनसिप खेल्न तयारी अवस्थामा छन् । आयोजकले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
प्रकाशित: १६ माघ २०८२ १५:१६ शुक्रबार





