१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
बजार

२५ सयले बढ्यो सुनको मूल्य, चाँदी सस्तियो

नेपाली बजारमा मंगलबार सुनको मूल्यमा उच्च वृद्धि भएको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ५०० रुपैयाँले बढेको छ।

हिजो सोमबार प्रतितोला ३ लाख २६ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज मंगलबार बढेर ३ लाख २८ हजार ६०० रुपैयाँ पुगेको छ।

सुनको मूल्य बढ्दा चाँदीको मूल्यमा भने आज गिरावट देखिएको छ। हिजो सोमबार प्रतितोला ६ हजार २० रुपैयाँमा कारोबार भएको चाँदी आज मंगलबार २०५ रुपैयाँले घटेर ५ हजार ८१५ रुपैयाँ कायम भएको छ।

प्रकाशित: १९ फाल्गुन २०८२ १०:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App