७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

प्युठानमा तीन हजार परिवारलाई राहत

झिमरुक - प्युठानमा लकडाउन प्रभावित दैनिक तीन हजार ६५ ज्यालादारी मजदूर परिवारले राहत पाएका छन्। जिल्लाका स्थानीय तहले सम्बन्धित वडामा गरेको लगत संकलनका आधारमा राहत वितरण गरिएको  सहायक प्रमुख जिल्ला अधिकारी गौरव पन्थीले बताए। कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले थालेको लकडाउनबाट प्रभावित  परिवारलाई स्थानीय पालिकाले अहिले पहिलो चरणको राहतस्वरुप खाद्य पदार्थ वितरण गरेका छन्।

प्युठान नगरपालिका र माण्डवी गाउँपलिकाले दोस्रो चरणमा राहत वितरण गर्नका लागि लगत संकलन गरिरहेका छन्। प्युठानले मजदूर तथा विपन्न परिवारका लागि पाँच लाख रुपैयाँभन्दा बढी रकमको खाद्य पदार्थ मौज्दात राखेको नगर प्रमुख अर्जुनकुमार कक्षपतिले बताए। रासस

प्रकाशित: २१ वैशाख २०७७ ०४:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App