१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा किसान आन्दोलन दिल्ली तर्फ बढ्दै, धारा १४४ लागू

भारतमा किसान आन्दोलनलाई ध्यानमा राखी धारा १४४ लागू गरिएको छ। आफ्नो माग सम्बोधनका लागि भारतको राजधानी दिल्ली आउन लागेका किसानलाई रोक्न एक महिनाका लागि धारा १४४ लागू गरिएको हो।

दिल्ली प्रहरीको तर्फबाट जारी सूचना अनुसार आज संयुक्त किसान मोर्चा (अराजनैतिक), किसान मजदूर मोर्चा र अन्य केही किसान सङ्गठनहरूले 'दिल्ली जाऔँ' घोषणा गरेको र आफ्ना माग सम्बोधनका लागि संसद भवन बाहिर प्रदर्शन गर्ने तयारीमा रहेकाले एक महिनका लागि धारा १४४ लागू गरिएको छ।

प्रहरीले किसानको आन्दोलनका कारण तनाव, सामाजिक सद्भाव बिग्रने र हिंसा फैलने सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउँदै यो निर्णय गरिएको पनि बताएको छ।

किसानहरूको भिडलाई देखेर दिल्ली हरियाण सीमा र दिल्ली पञ्जाब सीमामा प्रहरीले बार लगाइदिएको छ। २ हजार ५ सय ट्र्याक्टरका साथ किसानहरू दिल्लीतर्फ अघि बढ्ने तयारीमा छन्।

यसअघि सोमवार भएको किसानसँगको ५ घन्टा लामो वार्ता निस्कर्षबिहीन बनेको छ।

यस्ता छन् किसानका मागः

सबै अन्नबालीको खरिदमा एमएसपीको सुनिश्चितताको नियम बनाउनुपर्ने

यसअघि दिल्ली आन्दोलनको क्रममा भएका सहमति अनुसारका माग पूरा होस्

किसान र मजदुरका सबै ऋण मिनाहा होस्

लखिमपुर खिरी हत्या मामिलामा न्याय होस्

प्रकाशित: १ फाल्गुन २०८० ०७:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App