१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

गीतकार ललिता ‘दोषी’ काे ‘आयो नयाँ पालुवा’ सार्वजनिक

गीतकार ललिता ‘दोषी’ काे बालगीत ‘आयो नयाँ पालुवा’ सार्वजनिक भएको छ।

आश्मा अर्यालकाे संगीत रहेकाे बालगीतलाई श्रेयदित क्षेत्रीको  बालस्वरले अझै जीवन्त बनाएको छ। उक्त गीतको एरेन्जमेन्ट राम कार्कीले गरेका छन्।

बालसंसार डटकमले  सार्वजनिक गरेको गीतमा बालबालिकाको मनोविज्ञान, कल्पनाशीलता र सकारात्मक सोच केन्द्रमा राखेर तयार गरिएको यो गीतले नयाँ सुरुवात, आशा र उत्साहको सन्देश बोकेको छ।

सरल, मिठासपूर्ण र बालमैत्री शब्द तथा धुनले गीतलाई बालबालिकाका लागि सजिलै गुनगुनाउन मिल्ने बनाएको छ।  

बालसंसार डटकमले बालसाहित्य, बालगीत, बालकथा र सिर्जनात्मक सामग्री मार्फत बालबालिकाको सर्वाङ्गीण विकासमा योगदान पुर्‍याउँदै आएको छ।

गीतले बालबालिकालाई प्रकृति, नयाँ उमंग र सकारात्मक परिवर्तनप्रति आकर्षित गर्ने विश्वास गरिएको छ।

डिजिटल प्लेटफर्म युट्युब र फेसबुक मार्फत सार्वजनिक गरिएको यस गीतलाई बालबालिका, अभिभावक तथा शिक्षकहरूले समेत रुचाउने अपेक्षा गरिएको छ।

प्रकाशित: ११ माघ २०८२ १०:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App