ग्रिनपिस नामक अन्तर्राष्ट्रिय संस्थाले प्लास्टिकको पुनः प्रयोग झन् विषाक्त हुने बताएको छ। सो संस्थाका अनुसार प्रदूषण संकट समाधानका लागि प्लास्टिकको पुनः प्रयोगको उपाय सही नहुने पनि भनेको छ।
रामेछापका ६७ वर्षीय गोमान तामाङ काठमाडौँ आएको ३२ वर्ष भयो। पातलो बस्तीमा आएका गोमान अहिलेका बाक्लो र अग्लाअग्ला घरका बस्ती देख्दा निधार खुम्चाउँदै इतिहास सम्झन्छन्– २०६२/०६३ को आन्दोलनमा दिनहँु चावहिल चोकमा नारा जुलुस गर्न कपनबाट हिँड्दै आउँथेँ।
विश्वमा जति क्रान्ति, सन्धि र सम्झौता भए तापनि विश्व सञ्चालन गर्ने तालाचाबी भनेको आजका दिनसम्म आइपुग्दा पनि पुरुषहरूकै खल्तीमा छ। नारीको पोल्टोमा भने केवल आश्वासन, कार्यान्वयनमा नआउने वा नगरिने कानुनी दस्ताबेजमा समेटिएका बुँदाहरू, निगाहस्वरूप प्रदान गरिने केही आरक्षण आदि मात्र परेका छन्।
आफ्नो घरको समस्या अरूलाई देखाउनु/सुनाउनु भनेको भण्डार खनेर रछ्यान पुर्नु बराबर हो। उसले सुनुन्जेल सुन्छ अलि पर पुगेपछि खुच्चिङ तलाई ठिक्क प-यो भन्छ। विदेशिनु भनेको पनि भण्डार खनेर रछ्यान पुर्नु बराबर हो।