१५ वैशाख २०८१ शनिबार
image/svg+xml

बाढीपहिरोको वितण्डा: अछाममा २१ को मृत्यु

सुदूरपश्चिम प्रदेशमा बिहीबारदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरोले धनजनको क्षति गरेको छ।

दार्चुलामा बाढीपहिरो: पाँचजनाको मृत्यु १० बेपत्ता

अविरल वर्षासँगै शुक्रबार राति बाढीपहिरोमा परी पाँचजनाको मृत्यु भएको छ। बाढीपहिरोमा १० जना बेपत्ता भएका छन्।

दार्चुला बाढी अपडेट: पाँच जनाको मृत्यु,६ जना बेपत्ता

गए राति आएको पहिरोका कारण नौगाड गाउँपालिकामा तीन जनाको मृत्यु भएको छ। नौगाड गाउँपालिका वडा नम्बर १ सल्लाका ३७ वर्षीया जानकी ठगुन्ना, १३ वर्षीया धनुली ठगुन्ना र वडा नम्बर २ का मोहनराम पार्कीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख जगत गाहामगरले जानकारी दिए।

मनाङको दुखः वर्षा लाग्यो, डरैडरमा रात बित्छ

अघिल्लो असारको पहिलो साता हिमाली जिल्ला मनाङ बाढीपहिरोको चपेटामा पर्यो। मानवीय क्षति नभएपनि बाढीपहिरोले ठुलो आकारमा भौतिक नोक्सान पुर्यायो। मस्यार्ङदी नदी किनारका बासिन्दा बिस्थापित भए। बिस्थापित बासिन्दा लामो समयसम्म घर फर्किन सकेनन्। गाउँले बिस्थापित त भए नै मनाङ जोड्ने एकमात्र मुल सडक अवरुद्ध हुँदा महिनौं यातायात ठप्प भयो। हेलिकप्टरबाट खाद्यान्न र औषधि ढुवानी गरेर जिल्लाबासीले महिनौं गुजारा चलाए। एक वर्षअघिको बाढीबाट बिस्थापित बासिन्दा अहिलेको वर्षायाममा पनि उत्तिकै त्राहिमाम छन्।

ताप्लेजुङमा बाढीपहिरोः कतै घर बगायो, कतै पशुचौपाया

लगातारको वर्षापछि आएको बाढीपहिरोले ताप्लेजुङका अधिकांश क्षेत्रहरुमा जोखिम बढाएको छ।

मेलम्चीको पानी फेरि उपत्यकाबासीको धारामा

सरकारले अघिल्लो वर्षदेखि नै मेलम्चीको पानी काठमाडौंमा वितरण गर्न सुरु गरेको थियो तर गत असार १ गते आएको बाढी पहिरोले मेलम्चीको हेडवर्क्स क्षेत्र अम्बाथानस्थित मुख्य संरचनामा क्षति पुर्‍याएसँगै वितरण अवरुद्ध भएको थियो।

मनाङ बाढीः वर्खा लाग्दै, त्रास बढ्दै

मर्स्याङदीमा गतवर्षको असारमा भीषण बाढी आउँदा मनाङको चामे, बगरछाप र ताल गाँउ बढी प्रभावित हुन पुग्यो। तालको बस्ती नै उजाड बनाईदियो। बस्ती अझै स्थपित भएको छैन्। बस्तीलाई पुर्नस्थापित गर्ने विषयमा ठोस पहलकदमी कतैबाट भएको देखिदैन। कहाँ स्थापित गर्ने भन्ने सरकारको ठोस निर्णय छैन्।

मेलम्ची खानेपानी आयोजना अझै अन्योलमै

मेलम्ची खानेपानी आयोजना बाढीपहिरोले क्षतिग्रस्त भएको ६ महिना बित्यो। क्षतिग्रस्त आयोजनाको काम कुन ढाँचा र कुन निकायले गर्ने अहिलेसम्म सुरसार गरेको देखिँदैन।

सुदूरपश्चिमका छ जिल्ला बाढीपहिरो सङ्कटग्रस्त क्षेत्र घोषणा

सरकारले सुदूरपश्चिमका छ पहाडी जिल्लालाई बाढीपहिरो सङ्कट क्षेत्र घोषणा गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले नेतृत्वको टोलीले गएको कात्तिक ३ गते ती जिल्लामा बाढीपहिराले मानवीय तथा धनजनको ठूलो क्षति गरेकाले यस क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको थियो।

धानबालीमा सवा आठ अर्बको क्षति

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार मुलुकका सातै प्रदेशमा गरी धानबालीमा ८ अर्ब २६ करोड ८० लाख रूपैयाँ बराबर क्षति पुगेको हो।

प्रदेश १ मा बाढी पहिरोमा परी ६२ जनाको मृत्यु

मृत्यु हुनेमा सबैभन्दा बढी पाँचथरमा २८, इलाममा १४, सुनसरीमा ८, धनकुटामा ७, उदयपुरमा २, सोलुखुम्बु, मोरङ र भोजपुरमा १–१ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए।

कुबेलाको बाढीले लियो ८८ को ज्यान

पहिरोमा परी प्रदेश १ मा ९ जना बालबालिकाको मृत्यु भएको छ। जसमा २ बालिका र ७ बालक रहेको प्रहरीले जनाएको छ।

ठाउँठाउँमा बाढीपहिरो, १६ जनाको मृत्यु

वर्षाले जनजीवन पनि प्रभावित भएको छ। बाढीपहिरोका कारण विभिन्न बस्ती डुबान र जोखिममा परेका छन्। बाढीपहिरोका कारण विभिन्न स्थानमा यातायात र सञ्चार सेवा अवरुद्ध भएको खबर छ। बाढीपहिरोबाट सयौं परिवार विस्थापित भएका छन्।

उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन

गृहमन्त्रीको निर्देशनसहित राहत तथा उद्धार कार्यका लागि मन्त्रालयबाट पूर्ण सहयोग रहने आश्वासन आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए।

गृहमन्त्री खाँण बाढी प्रभावित क्षेत्रमा

अवसरमा गृहमन्त्री खाँणले भत्केका सडक, पुल, घर, कार्यालयलगायतका संरचना निर्माण तथा बाढीपहिरो प्रभावितको उचित व्यवस्थापन गर्न निर्देशन दिएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्