१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रदेश १ मा बाढी पहिरोमा परी ६२ जनाको मृत्यु

प्रदेश १ मा अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी ६२ जनाको मृत्यु भएको छ।

१ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार हालसम्म ६२ जनाको बाढी पहिरोमा परी मृत्यु भएको हो। मृत्यु हुनेमा सबैभन्दा बढी पाँचथरमा २८, इलाममा १४, सुनसरीमा ८, धनकुटामा ७, उदयपुरमा २, सोलुखुम्बु, मोरङ र भोजपुरमा १–१ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए।

बाढी पहिरोमा परी ३० पुरुष, २० महिला, ८ बाल र ४ बालिकाको मृत्यु भएको छ। जसमा पहिरोबाट ५१, खोलामा बगेर १० र रुखले थिचेर १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यसैगरी, प्रदेशमा बाढी पहिराेमा परी पाँचथरमा ६, सुनसरी र मोरङमा ३–३ तथा इलाममा १ जना बेपत्ता भएका छन्। एसपी राईले पाँचथरमा ९, इलाम र धनकुटामा ५–५ जना घाइते भएका छन्। प्रदेशमा बाढी पहिरोबाट धनको कति क्षति भयो भन्ने यकीन विवरण नआएको प्रहरीले जनाएको छ।

विराटनगर विमानस्थल शुक्रबार साँझसम्मका लागि बन्द

वर्षाका कारण विमानस्थलको सबै क्षेत्रमा बाढी पसेपछि बुधबारदेखि बन्द रहेको विराटनगर विमानस्थल शुक्रबार साँझसम्मका लागि बन्द गरिएको छ। ‘विमानस्थलभित्र पसेको बाढीको पानीको लेबल घट्दै गएको छ,’ विराटनगर विमानस्थलका प्रमुख उत्सवराज खरेलले भने, ‘पानी घट्दै जाँदा रन वेमा बाहेक अन्य विमानस्थलको सम्पूर्ण भाग जलमग्न भएका कारण शुक्रबार साँझ ५ बजेसम्मका लागि विमानस्थल बन्द गरेका छौं।’

पानी घटेरपछि त्यहाँ रहेको उपकरण जाँच गर्ने र ठीक भए पर्सी (शनिबार)देखि उडान गर्ने सोचका साथ काम भइरहेको प्रमुख खरेलले बताए। ‘पानीले सबै उपकरणहरु डुबाएको छ,’ प्रमुख खरेलले भने, ‘सबै उपकरण ठीक भए नभएको अहिले थाहा नभएकाले पानी घटेपछि जाँच गरेपछि मात्रै थाहा हुन्छ। प्राविधिक टोलीले उपकरणहरु जाँचेपछि दिएको रिपोर्टका आधारमा उडान हुनेछ। सबै उपकरण ठीक भए पर्सीबाट उडान गर्ने सोचमा छौं।’

प्रकाशित: ४ कार्तिक २०७८ १३:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App