८ मंसिर २०८१ शनिबार
image/svg+xml

अस्तव्यस्त जनजीवन सहज बनाउनेतर्फ राज्यको ध्यान जाओस् : पूर्वराजा शाह

आइतबार एक विज्ञप्ति निकाली पूर्वराजा शाहले रोकथाम र सजगताका लागि पर्याप्त व्यवस्थामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

पहिरोले घर बगाउँदा स्याङ्जा, तनहुँ र पर्वतमा आठ जना बेपत्ता

अविरल वर्षपछिको पहिरोले घर बगाउँदा गण्डकी प्रदेशका विभिन्न जिल्लामा आठजना बेपत्ता भएका छन। गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार पहिरोले घर बगाउँददा तनहुँ र स्याङजामा ३–३ जना तथा पर्वतमा दुई गरि आठजना बेपत्ता भएका हुन्।

७० प्रतिशत वडा उच्च जोखिममा

जिल्ला विपद् व्यवस्थापन समितिले ताप्लेजुङ जिल्लाका ६१ वटा वडालाई बाढीपहिरो, आगलागी, खडेरी र चट्याङको जोखिमका दृष्टिले वर्गीकरण गरेको छ।

बाढीपहिरोमा विद्युत् आयोजना: क्षति न्यूनीकरण पूर्वतयारी अभाव

पूर्वी नेपालमा गत जेठ ३० गतेदेखि असार पहिलो सातासम्म लगातार आएको बाढीले विद्युत् उत्पादन गर्दै आएका १०७.५४ मेगावाट क्षमताका ११ वटा जलविद्युत् आयोजनामा क्षति पु¥यायो।

मेलम्ची एक उद्घाटन अनेक

खानेपानी अभावमा काकाकुल उपत्यकावासीलाई दीर्घकालीन रूपमा मेलम्चीको पानी आपूर्ति गर्ने प्रबन्ध गर्नुभन्दा पनि अस्थायी रूपमा एकाध महिनाका निम्ति वितरण शुभारम्भ गर्न राजनीतिक नेतृत्वको अस्वाभाविक होडबाजी देखिँदै आएको छ।

मौसम र बाढीपहिरोको सूचना प्रवाहलाई थप भरपर्दो बनाउँछौं: मन्त्री बस्नेत

सरकारले जल तथा मौसम विज्ञन विभागलाई थप साधनस्रोत सम्पन्न बनाई मौसम र बाढी पहिरोको सूचना प्रवाहलाई भरपर्दो र विश्वसनीय बनाउने भएको छ।

बाढीपहिरोले सास्ती

वर्षाका कारण मुलुकका विभिन्न भागको जनजीवन प्रभावित भएको छ। बाढी-पहिरोका कारण कतै डुबान त कतै सडक अवरुद्ध हुँदा जनजीवनमा प्रतिकूल असर परेको हो। बबईको बाढीले बगाएर तीनजना बेपत्ता भएका छन्।

बाढीपहिरोले सात लघुजलविद्युत् गृह बगाएपछि अन्धकारमा बस्न बाध्य

ताप्लेजुङमा बाढीपहिरोले सात वटा लघु जलविद्युत् गृह बगाएको छ। गत शुक्रबार, शनिबार र आइतबार वर्षासँगै आएको बाढीपहिरोले लघु जलविद्युत गृह बगाएसँगै मैवाखोला र याम्फुदीनका समुदाय अन्धकार बस्न बाध्य छन्।

बाढीपहिरो प्रभावित क्षेत्रमा प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न आज दिउँसो संखुवासभाको तुम्लिङटार पुगेका छन्।

मैवाखोला बाढीपहिरो: उद्धारमा सास्ती, ५१ घर उच्च जोखिम

कोशी प्रदेशमा बाढी पहिरोबाट ज्यान गुमाएका परिवारलाई तत्काल एक लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ।

हेवा खोला बाढीपहिरोमा बेपत्ता हुनेको संख्या २२ पुग्यो(नामावलीसहित)

सङ्खुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको सङ्ख्या २२ पुगेको छ। गए राति आएको बाढीले बगाउँदा पाँचखपन–९ का २६ वर्षीय सन्तोष राईको मृत्यु भएको छ।

ताप्लेजुङमा बाढीपहिरोले यातायात अवरुद्ध, उद्धारमा कठिनाइ

सडकअवरुद्ध भएकाले पहिरोग्रस्त क्षेत्रमा सदरमुकामबाट राहत र उद्धारका लागि जानसमेत कठिनाइ भइरहेको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिइन्।

बाढीपहिरोबाट भएको क्षतिबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण

संखुवासभाको हेवाखोलामा गए राति आएको बाढीले पुर्‍याएको क्षतिबारे प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गरिइएको छ।

जोखिमपूर्ण झोलुंगे पुलमा यात्रा गर्नुपर्ने बाध्यता

गत असोजको अविरल वर्षाका कारण आएको बाढीपहिरोले कर्णाली र तिलानदी दोभानको जितेगडामा रहेको झोलुंगे पुल भत्काएपछि स्थानीयलाई जीर्ण पुलबाट यात्रा गर्नुपर्ने बाध्यता छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्