१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

मोदीले दिए बालेनलाई बधाई, नजिकबाट काम गर्न इच्छुक

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई बधाई आउने क्रम जारी छ । उनलाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई दिएका छन् । फेसबुकमार्फत भारतीय प्रधानमन्त्री मोदीले बालेनलाई बधाई दिएका हुन् ।

मोदीले लेखेका छन्, ‘नेपालका प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्नुभएकोमा श्री बालेन्द्र शाहलाई हार्दिक बधाई । तपाईँको नियुक्ति नेपाली जनताले तपाईँको नेतृत्वमा राखेको विश्वासको प्रतिविम्ब हो ।’

मोदीले बालेनसँग मिलेर नेपाल–भारत सम्बन्ध अझै उचाइमा पुर्‍याउन उत्सुक रहेको पनि बताएका छन् । उनले लेखेका छन्, ‘भारत–नेपालबीचको मित्रता र सहकार्यलाई दुवै देशका जनताको पारस्परिक हितका लागि अझ उचाइमा पुर्‍याउन तपाईँसँग नजिकबाट काम गर्न म उत्सुक छु।’

प्रकाशित: १३ चैत्र २०८२ १५:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App