१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्य मन्त्रालयको पूरा जिम्मेवारी सम्हाले तेस्रो महिला मन्त्री बनिन् निशा

द्वारिका ठकुरानीदेखि निशा महत्तोसम्म क-कसले सम्हाले मन्त्रालय ?

सुनसरीको इनरुवामा जन्मेकी निशा मेहता शुक्रबार मन्त्रिपरिषदको शपथसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी छन्। मेहता हालसम्म बनेका महिला स्वास्थ्य तथा जनसंख्या मन्त्री पूर्ण मन्त्री बन्ने तेस्रो महिला हुन् ।  

राजा वीरेन्द्रको पालामा सुशीला थापा  स्वास्थ्य मन्त्री बनेकी थिइन । त्यसको साढे तीन दशकपछि निर्वतमान स्वास्थ्य मन्त्री सुधा गौतम शर्मा र अहिलेकी मेहताले मन्त्रालयको पूर्ण अधिकार पाएका हुन् ।  

तीन बाहेकका अरु महिलाहरूले राज्यमन्त्रीको मात्र जिम्मेवारी सम्हालेका थिए । २०१५ मा सम्पन्न निर्वाचनमा विश्वेश्वरप्रसाद कोइराला प्रधानमन्त्री बनेको बेला द्वारिकादेवी ठकुरानी पनि स्वास्थ्य उपमन्त्रीको रुपमा जिम्मेवारी समालेकी थिइन ।  यसअघि पदभार ग्रहण गर्नेमा नेकपा माओवादीको तर्फबाट धर्मशिला चापागाइँ र शशी श्रेष्ठ, नेकपा एमालेको तर्फबाट पद्मा अर्याल स्वास्थ्य राज्य मन्त्रीका रुपमा जिम्मेवारी पाएका थिए । डा. तोशिमा कार्कीले पनि स्वास्थ्य राज्यमन्त्रीको रुपमा भूमिका निर्वाह गरेकी थिइन ।  

को हुन स्वास्थ्यमन्त्री मेहता ?  

हालै शपथ लिएकी स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहता सुनसरीको इनरुवामा २०४४ सालमा  जन्मेकी थिइन । सुरुदेखि नै राष्ट्रिय स्वतन्त्र पाटीमा आवद्ध मेहता सोही पाटीको तर्फबाट समानुपातिक सांसद भई मन्त्रीको जिम्मेवारी पाएकी हुन ।

भारतबाट नर्सिङ बिषयमा स्नाकोत्तर गरी विराट मेडिकल कलेजमा काम गरेकी मेहताको अन्य स्वास्थ्य क्षेत्रको पनि अनुभव रहेको राष्ट्रिय स्वतन्त्र पाटीका केन्द्रीय सदस्य महेश्वर घिमिरेले बताए । उनका अनुसार महेताले आफैँ डेन्टल क्लिनिक तथा अस्पताल सञ्चालन गरेकी छन् ।  

मेहता स्वास्थ्यमन्त्री बनेसँगै महिला तथा मधेसी समुदायको समावेशीको प्रतिनिधित्व गरेको घिमिरको बुझाइ छ । उनले भने, ‘पाटीले मन्त्रिपरिषदमा सबै प्रकारको समुदायको प्रतिनिधित्व होस भन्ने उद्देश्यले निर्णय लिएको हो ।’

प्रकाशित: १३ चैत्र २०८२ १६:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App