७ वैशाख २०८१ शुक्रबार
समाज

दार्चुलामा बाढीपहिरो: पाँचजनाको मृत्यु १० बेपत्ता

अविरल वर्षासँगै शुक्रबार राति बाढीपहिरोमा परी पाँचजनाको मृत्यु भएको छ। बाढीपहिरोमा १० जना बेपत्ता भएका छन्। लास्कु नदीको बाढीले बगाएर महाकाली नगरपालिकाका दुईजना र नौगाड गाउँपालिका सल्लामा पहिरोमा पुरिएर तीनजनाको मृत्यु भएको हो। दुवै घटनामा गरी १० जना बेपत्ता भएका छन्।

लास्कु नदीमा आएको बाढीमा परी महाकाली नगरपालिका–१ बस्ने मानमती कार्की र सोही नगरपालिका–२ बस्ने नन्दराम बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै प्रहरीका अनुसार नौगाड गाउँपालिका–२ सल्लामा पहिरोले घर बगाउँदा जानकी ठगुन्ना, धनुली ठगुन्ना र मोहनराम पार्कीको मृत्यु भएको छ।  

प्रहरीका अनुसार बाढीले बगाएर महाकाली नगरपालिका–४ की सरस्वती लुहार र उनका पति मोहन लुहार, वडा नम्बर ३ डुंग्रीका धनसिंह कार्की, उनका छोराहरू दीपक कार्की र दिनेश कार्की, वडा नम्बर २ मैखोलीकी मानमती साहू, वडा नम्बर १ का मञ्जु लुहार, दिनेश लुहार, डल्ली लुहार र साजन लुहार बेपत्ता छन्। उनीहरूको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

त्यस्तै बाढीमा परेका आठजना घाइतेको उद्धार गरिएको छ। महाकाली–२ का हर्क साहू, अभिषेक कामी, गीता कामी, रम्भा ठगुन्ना, फागती ठगुन्ना, जयबहादुर ठगुन्ना, देवसिंह ठगुन्ना र वीरे ठगुन्ना घाइते भएका हुन्। उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

बाढीपहिरोका कारण ४२ घरमा पूर्ण क्षति र ९ घरमा आंशिक क्षति भएको छ। बाढीपहिरोका कारण ४० घर उच्च जोखिममा छन्। बाढीका कारण महाकाली नगरपालिका–२ स्थित माइकेश्वरी आधारभूत विद्यालय पूर्णरूपमा क्षतिग्रस्त भएको छ। सोही नगरपालिका वडा नम्बर ४, बांगेबगडस्थित दशरथ आधारभूत विद्यालयको भवनमा बाढीले आंशिक क्षति पुर्‍याएको छ। छपारी जाने झोलुंगे पुल र लास्कु खोलामा रहेको मोटरेबल पुल पनि बाढीले बगाएको छ। लास्कु खोलानजिकै पार्किङ गरी राखिएका ६ वटा जिप, एउटा कार, एउटा ट्र्याक्टर, एउटा जेसिबी बाढीले बगाएको छ।

प्रकाशित: २६ भाद्र २०७९ ०१:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App