२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

जेठ ३० यता बाढीपहिरोमा ११६ को मृत्यु

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० यता ११६ जनाको मृत्यु भएको छ।

बाढीपहिरोमा परी तीनको मृत्यु, दुईजना बेपत्ता

दार्चुलाका विभिन्न भेगमा आइतबार राति बाढीपहिरोमा तीन जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्।

मनाङका बाढीपीडितलाई घर बनाउन दुई लाख दिइने

मनाङमा यो बर्खामा ८५ घर पूर्ण रूपमा क्षति भएको प्रदेश सरकारले बताएको छ । नासों गाउँपालिका–१ मा मात्र ७० घरमा क्षति पुगेको छ। त्यस्तै धारापानीमा १२ घरमा क्षति पुगेको गाउँपालिका अध्यक्ष चन्द्र घलेले बताए।

मनाङमा दसैअघि गाडी पुग्न मुस्किल

अवरुद्ध भएको सडक पुनः सञ्चालन गर्नका लागि सहज नभएको प्राविधिकहरूले बताएका छन्। सडक सञ्चालका लागि आवश्यक गह्राैँ उपकरण पनि लैजान नसक्दा सडक खुलाउन निकै नै अप्ठेरो भएको उनीहरूको भनाइ छ। पूर्वाधार विकास कार्यालय मनाङका इन्जिनियर प्रल्हाद दाहालका अनुसार कतिपय ठाउँमा सडक पूरै बगेको छ।

मनाङका बाढी पीडितः घर बनाउन प्रतिपरिवार दुई लाख दिइने

असार पहिलो साताको बाढीपहिरोको चपेटामा परेको हिमालपारिको जिल्ला मनाङका बाढीपीडितलाई गण्डकी प्रदेश सरकारले विशेष राहत दिने भएको छ ।

बाढीपहिरो प्रभावित छुमगाउँमा उर्जामन्त्री श्रेष्ठ

कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठ जुम्लाको बाढीपहिरो प्रभावित क्षेत्र पातारासी गाउँपालिका ३ छुम गाउँमा पुगेका छन्। उनले बाढीपहिरोले क्षति पुर्‍याएको क्षेत्रको अवलोकन गरेर प्राभावित गाउँका स्थानीयको समस्या संवोधनका लागि चासो लिएका हुन्।

डेढ सय पहिरो पीडितलाई कांग्रेस सांसद लामाको खाद्यान्न कोसेली

बस्तीको माथि र तल दुवै तिरबाट खसेको भिषण पहिरोका कारण विस्थापित बनेका कालिञ्चोक गाउँपालिका ५ लापिलाङका १ सय ५० परिवारलाई कांग्रेस सांसद जिपछिरिङ लामाले डेढ सय बोरा चामलसहित खाद्यान्न सहयोग पठाएका छन्।

जुम्लामा बाढीपहिरोले बगाएर एकै घरका तीनजनाको मृत्यु

जुम्लामा बाढीपहिरोले बगाएर एकै घरका तीन जनाको मृत्यु भएको छ। जुम्ला तातोपानी गाउँपालिका ७ ताम्ती गाउँका तीन जनालाई बाढीपहिरोले बगाएको हो।

मेलम्चीमा विनाशकारी बाढीपहिरो: एक होइन, बहु कारण कारक

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र र नेपाल इन्जिनियरिङ एसोसिएसनले गरेका छुट्टाछुट्टै अध्ययनको प्रारम्भिक प्रतिवेदनअनुसार मेलम्ची नदीमा बाढीपहिरो आउनुमा एउटा मात्रै नभएर धेरै कारण जिम्मेवार रहेको देखिएको छ। मेलम्चीको जलाधार क्षेत्र अझै पनि कमजोर छ। कतिबेला कमजोर धरातल खस्छ भन्ने यकिन गर्न सकिने अवस्था छैन।

फेरि पछि धकेलियो मेलम्ची सपना

साउन १५ गते आएको बाढीपहिरोले आयोजनाको पहुँचमार्गमा पर्ने चनौटेको पुल क्षतविक्षत बनाएको छ। अघिल्लोपटक बाढीबाटै क्षतिग्रस्त पहुँचमार्गको ट्र्याक हेलम्बु गाउँपालिकाले केही खोले पनि पछिल्लो समयको बाढीपहिरोले भत्काएको छ।

बाढीपहिरो प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाउन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले बाढीपहिरो प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाउन निर्देशन दिएका छन्।

मनाङमा सकसपूर्ण दैनिकी

एकमहिना भयो, हिमालपारिको जिल्ला मनाङले बाढीपहिरोको बढी क्षति भोगेको । तर, डेढ महिनादेखि सडक सञ्जालदेखि मनाङ पूर्णरुपमा बिच्छेद छ । जिल्ला मात्र नभई मनाङ भित्रैका गाउँ पनि एकअर्कासँग बिच्छेद छन् । सबैतिरको क्षति भोगेको हिमाली जिल्लाले निकै नै सकसपूर्ण अवस्था बेहोरिरहेको छ ।

राष्ट्रियसभामा बाढीपहिरोदेखि जलवायु परिवर्तनप्रति सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाका सदस्यले बाढी, पहिरो र डुबानबाट प्रभावित जनतालाई तत्काल राहत दिन र कोभिड–१९को उपचार तथा रोकथाममा प्रभावकारी काम गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

बाढीपहिरोको क्षतिः तीनजना बेपत्ता, दुईजनाको मृत्यु

भीषण वर्षापछि विभिन्न जिल्लामा बाढीपहिरोले घर बगाउँदा पुरिएर दुईजनाको मृत्यु भएको छ । पहिरोमा बगेर तीनजना बेपत्ता भएका छन । बेपत्ता भएका व्यत्तिको खोजी भईरहेको प्रहरीले बताएको छ ।

पुलपुलेसाको क्षतिले रोकिएको हिँड्डुल

गण्डकी प्रदेशमा मात्र बाढीपहिरोले दर्जनौ पुल बगेका छन् । मोटर गुड्ने सहित झोलुंगे र पक्कि पुल तथा अस्थायी प्रकृतिका काठेपुल बाढीमा बग्दा जिल्लामा एकअर्का गाउँबीचको आउजाउको सम्पर्क टुटेको छ । त्यसले नागरिकमाथि सास्ती थपेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्