१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

डेढ सय पहिरो पीडितलाई कांग्रेस सांसद लामाको खाद्यान्न कोसेली

कांग्रेस सांसद जिपछिरिङ लामा शेर्पाले पठाएको सहयोग शनिबार पीडितलाई बाँड्दै दोलखा कांग्रेसका नेताहरु । तस्बिर: रमेश/नागरिक

बस्तीको माथि र तल दुवै तिरबाट खसेको भिषण पहिरोका कारण विस्थापित बनेका कालिञ्चोक गाउँपालिका ५ लापिलाङका १ सय ५० परिवारलाई कांग्रेस सांसद जिपछिरिङ लामाले डेढ सय बोरा चामलसहित खाद्यान्न सहयोग पठाएका छन्।  

दोलखाबाट प्रतिनिधित्व गर्ने पार्टीका समानुपातिक संघीय सांसद लामाले निजी खर्चमा पीडितलाई आवश्यक खाद्यान्नसहितका उपभोग्य सामान पठाएका हुन्। स्थानीय रानिबनबाट खसेको पहिरोका कारण लापिलाङको रानिबन, कातिके, घट्टे खोला, मिजार टोल र नेवार बस्तीका १ सय ५० परिवार विस्थापित छन्।  

भिषण पहिरोले विस्थापित बनेका पीडितहरुलाई सांसद लामाले पठाईदिएको चामल, दाल, तेल नुन लगायतका सामग्री शनिबार वितरण गरिएको थियो। प्रति परिवार एक बोरा चामल, ५ केजी दाल, नुन र तेल वितरण गरिएको कांग्रेसका गाउँपालिका सभापति अर्जुन शिवाकोटीले सुनाए।  

पार्टीका क्षेत्रीय सभापति जयराम श्रेष्ठका अनुसार यो गाउँका पीडितहरुको अवस्थाबारे सांसद लामाले केही दिन अघि प्रतिनिधि सभाको बैठकमा सरकारको ध्यानाकर्षण समेत गराएका थिए।

प्रकाशित: ३१ श्रावण २०७८ ११:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App