११ कार्तिक २०८१ आइतबार
image/svg+xml

भारत र तराईबाट आउनेमा संक्रमण बढी

पछिल्लो साता तराईका केही जिल्लासहित काठमाडाैंमा दैनिक कोरोना संक्रमण वृद्धि हुने क्रम जारी छ। बिहीबार काठमाडाैं उपत्यकामा थप ४८, पर्सामा ४९, धनुषा र कास्कीमा १४ जना संक्रमित थपिएका छन्। नयाँसहित उपत्यकामा संक्रमित हुनेको सख्या ५ सय ३९ पुगेको छ।

बारा र पर्सामा थप ५३ मा संक्रमण पुष्टि

पर्सामा ५० र बारामा ३ जना गरी जनामा नारायणी अस्पतालको प्रयोगशालाबाट बुधबार राति आएको परीक्षण रिपोर्टमा थप ५३ जनामा यहाँ कोरोना संक्रमण पुष्टि भएको छ। बाराका ३ जना बाहेक अरु सबै ५० जना पर्सामै बस्दै आएकाहरू हुन्।

वीरगन्जमा बिकराल बन्दै संक्रमण

वीरगन्जमा दुई साताअघि कोरोना भाइरस संक्रमणको अवस्था दिन प्रतिदिन बिकराल बन्दै गएको छ। केही साताअघि यहाँ सक्रिय कोरोना संक्रमितको संख्या शून्य बन्न लागेको थियो। बजार व्यवसाय साविक जस्तै खुलेर लयमा फर्किन कोशिस गरिरहेको थियो।

महिलामा संक्रमण देखिएपछि कटारीको अस्पताल र बजार ‘सिल’

विराटनगरमा उपचार गर्ने क्रममा उदयपुरकी एक महिलामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि कटारी बजारबासी त्रसित बन्न पुगेका छन् ।

कोरोना संक्रमण बढेपछि स्याङजामा पाँचजना भन्दा बढी भेला हुन रोक

स्याङजामा पछिल्लो समय कोरोना संक्रमण बढ्न थालेसँगै कडाई गरिएको छ । ठूलो संख्यामा प्रहरीमा संक्रमण पुष्टि भएपछि त्रास छाएको स्वास्थ्यकर्मीले बताएका छन् ।

दुई जनामा संक्रमण देखिएपछि वीपी प्रतिष्ठानमा फेरि लकडाउन

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट डिस्चार्ज भएको एक विरामी र प्रतिष्ठानमा कार्यरत डाक्टरका श्रीमानलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

रासायनिक मल किन्दा कोरोना संक्रमणको जोखिम

महिना दिन अघिदेखि खुलेआम रुपमा नेपाल र भारतको सीमावर्तीमा आवागमन बढ्दो छ। भारतीय रासानिक मल किन्न नेपाली किसान जाँदा आवागमन बाक्लिएको हो। ८२ किलोमिटर खुला सीमामा रासानिक मल किन्न दैनिक सयौं किसान सीमावर्तीसम्म पुग्छन्।

प्रदेश १: कोरोना विपदमा अकर्मण्य बन्दै सरकार

प्रदेश र स्थानीय सरकारको लापरबाहीका कारण प्रदेश १ मा कोरोना संक्रमण समुदायसम्मै फैलिएको छ। प्रदेश राजधानी विराटनगरमा दिनहुँ संक्रमितको संख्या बढिरहँदा संक्रमित स्वच्छन्द रूपमा बजार डुलिरहेको समेत भेटिएको छ।

उपत्यकामा एकैदिन ५३ संक्रमित

पछिल्लो साता दैनिकजसो संक्रमितको मृत्यु हुनु, विभिन्न ठाउँमा सामूहिक रुमपा संक्रमित भेटिनु र ट्राभल हिस्ट्रीसमेत नभएकामा संक्रमण पाइनुले संक्रमण समुदाय तहमा फैलिँदै गएको देखिन्छ।

थप ३११ जनामा कोरोना संक्रमण, १२१ डिस्चार्ज

मंगरबार थप तीन सय ११ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमकाअनुसार नेपालमा १९ हजार ६३ जनामा संक्रमण पुष्टि भएको छ ।

कक्षा ११ को लब्धांक विद्यालयबाटै

कक्षा ११को लब्धांक अबदेखि विद्यालयलेनै दिने निर्णय सरकारले गरेको छ । कोभिड–१९ संक्रमण जोखिमका कारण रोकिएको ०७७ सालको कक्षा ११ को परीक्षाको संचालन तथा ब्यवस्थापनको सम्पूर्ण जिम्मेवारी अबदेखि स्कुललेनै गर्ने भएको छ ।

नौतनवाबाट आएका तीन जना भारतीयमा कोरोना संक्रमण

मजदुरीकालागि भारतबाट आएका तीन जना भारतीय नागरिकमा कोरोना सक्रमण देखिएको छ । बुटवलको व्यस्त बजार अमरपथ स्थित गण्डकी सिरक डसना स्टोरमा कार्यरत तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरू साउन ७ गते भारतको नौतनवाबाट आएका हुन ।

काेराेनाका कारण होटल छाड्दै लेकसाइटका व्यवसायी

कोरोना संक्रमणले मुलुकभित्र चैतदेखि लकडाउन सुरु भए पनि पर्यटन व्यवसायीले माघदेखि नोक्सान खेप्न थालेका थिए। त्यसले गर्दा बढी मारमा व्यवसायी थिए। माघदेखि आम्दानी गुमाउन थालेका व्यवसायीको चैतपछिको कमाइ शून्यमा झरेको थियो। तर, महंगो भाडा छुट गर्नमा घरमुलीले उत्तिसारो चाँसो देखाएनन्।

प्रहरीमा संक्रमण बढ्दै

आइतबार मात्रै २३ प्रहरी संक्रमित भएका छन्। प्रहरी प्रधान कार्यालयमा कार्यरत ४ जना र प्रदेश १ प्रहरी कार्यालयका १९ जना संक्रमित भएका हुन्। योसँगै संक्रमित हुने प्रहरीको संख्या १ सय १९ पुगेको छ। संक्रमितमध्ये ९५ जना निको भइसकेको र १९ जना आइसोलेसनमा छन्।

‘भिटामिन ‘डी’को कमी भएमा कोरोना भाइरस संक्रमणको खतरा बढी हुने’ : इजरायली अध्ययन

इजरायली अनुसन्धानकर्ताहरूको एक अध्ययनले रगतमा भिटामिन ‘डी’को कमी भएका व्यक्तिमा कोरोना भाइरस संक्रमणको खतरा बढी रहने देखाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्