७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

‘भिटामिन ‘डी’को कमी भएमा कोरोना भाइरस संक्रमणको खतरा बढी हुने’ : इजरायली अध्ययन

इजरायली अनुसन्धानकर्ताहरूको एक अध्ययनले रगतमा भिटामिन ‘डी’को कमी भएका व्यक्तिमा कोरोना भाइरस संक्रमणको खतरा बढी रहने देखाएको छ ।  

लिउमिट स्वास्थ्य सेवा तथा बार इलान विश्वविद्यालयको अध्ययन सार्वजनिक गर्दै एफइबीएस नामक स्वास्थ्यसम्बन्धी पत्रिकालाई उद्धृत गर्दै आइतबार इजरायली अधिकारीहरूले उक्त कुरा बताएका हुन् । अनुसन्धानकर्ताहरूले भने, 'कोरोना भाइरस र भिटामिन ‘डी’ परीक्षण गरिएका लिउमिट समूहका सात हजार ८०७ व्यक्तिहरूमध्ये जसकोे र परीक्षणका क्रममा भिटामिन ‘डी’ को कमी थियो उनीहरूमध्ये धेरै संक्रमित थिए ।'

उक्त समूहले भिटामिन ‘डी’ को कमी देखिएकामध्ये १०.१ प्रतिशत व्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित पाइएको बताएको छ । संक्रमण नदेखिएका व्यक्तिकोभन्दा संक्रमण देखिएका व्यक्तिमा भिटामिन ‘डी’ को मात्रा स्वभाविक धेरै भेटिएको थियो ।

अनुसन्धानले प्रतिमिलिलिटर ३० नानोग्राम भिटामिन ‘डी’ भएका व्यक्ति सजिलै संक्रमित हुने खतरा बढी रहेको पाइएको बताएको छ । जबकि भिटामिन ‘डी’ को मात्रा सामान्य रहेका व्यक्ति तुलनात्मक रूपमा भिटामिन ‘डी’को कमी भएका व्यक्तिभन्दा कम संक्रमित पाइएका थिए ।

यसैगरी भिटामिन ‘डी’ को कमी भएका कोभिड–१९ संक्रमितलाई सङ्क्रमणपछि पनि गम्भीर समस्या देखिने र अस्पताल भर्ना गर्नुपर्ने देखिएको अध्ययनको निष्कर्ष रहेको छ । अचम्मको अर्को कुरा के छ भने अध्ययनले मनोभ्रंश, मुटु रोग र फोक्सोको समस्या रहेका विरामी भएकै कारण उनीहरूमा कोभिड–१९ संक्रमण दर बढी नपाइएको बताएको छ ।

प्रकाशित: ११ श्रावण २०७७ १३:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App