२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

वीरगन्जमा बिकराल बन्दै संक्रमण

वीरगन्जमा दुई साताअघि कोरोना भाइरस संक्रमणको अवस्था दिन प्रतिदिन बिकराल बन्दै गएको छ। केही साताअघि यहाँ सक्रिय कोरोना संक्रमितको संख्या शून्य बन्न लागेको थियो। बजार व्यवसाय साविक जस्तै खुलेर लयमा फर्किन कोशिस गरिरहेको थियो।  

यससँगै मास्क नलगाई र भौतिक दूरी पालना नगरिकन हिँडिरहेको र कामकाज गरिरहेका मानिसमा कोरोनाको भय पनि सकिएजस्तो देखिन थालेको थियो। यसैबीच, सरकारले लकडाउन अन्त्यको घोषणा गरेपछि कोरोना जितिएकै जस्तो धेरैलाई लागेको थियो। तर, सोचेको जस्तो सजिलो अवस्था सहज भएन। भारतको बिहारमा संक्रमण दर भारतकै उच्च बिन्दुमा पुगिसकेको अवस्थामा लुकीछिपी र सुरक्षाकर्मीलाई प्रभावमा पारेर नेपाल पस्नेको संख्या बढ्दै गए।   सोही कारण वीरगन्जमा एकपछि अर्को संक्रमित भेटिन थालेपछि पुनः खतराको घण्टी बजेको छ।  

संक्रमितमा लक्षण पनि देखिएका कारण भेन्टिलेटर र अक्सिजन  व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। अस्पतालमा बेड अभाव भएर संक्रमितहरू घरमैं बस्न बाध्य भएका छन्। मृतकको शव व्यवस्थापनमा पनि समस्या देखिन थालेको छ।

अब नयाँ संक्रमितको व्यवस्थापन कसरी गर्ने भन्ने सवालको सामाधान स्थानीय तह, स्थानीय प्रसाशनको नेतृत्वमा जिल्ला संकट व्यवस्थापन केन्द्र, प्रदेश सरकार र स्थानीय राजनीतिक दलका नेताले खोजिरहेका छन््।  

अस्पताल अपुग

कोरोनाका संक्रमितको संख्या बढ्दै गएका कारण यहाँको एक मात्र नारायणी अस्थायी कोभिड अस्पतालमा भरिभराउ छ। अस्पतालका मेडिकल सुपरिटेन्डन्ट डा. मदन उपाध्यायका अनुसार कोभिड अस्पतालमा बेड अभाव हुँदा नयाँ संक्रमितलाई आइसोलेसनमा राख्न सकिएको छैन। आइसोलेसका लागि अस्पतालमा बेड अभाव भएपछि केही संक्रमितलाई क्वारेन्टिनमा राखिएको र बाँकी संक्रमित घरमा बसेको अस्पतालका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए।  

५० बेडको भनिएको वीरगन्ज गण्डकस्थित नारायणी अस्थायी कोभिड अस्पतालमा ५४ जना संक्रमित भर्ना भएका छन्। मंगलबार दिउँसोसम्म अस्पतालमा ठाउँ नपाएर ४७ जना संक्रमित आ–आफ्नो घरभित्रै सेल्फ आइसलेसनमा बसेका थिए। मंगलबार नै राति आएको नारायणी अस्पतालको प्रयोगशालाको जाँच रिपोर्टमा थप ३४ जनामा संक्रमण पुष्टि भएको छ। यतिखेर वीरगन्जमा अस्पताल नपाएका ८१ जना बिरामी छन्। घरभित्रै आइसोलेसनमा बसेकाको पनि कुनै निगरानी हुन पाएको छैन।

कोरोनाबाट थप २ को मृत्यु

वीरगन्ज, साउन १४ (नागरिक)– पर्सामा थप दुईजनाको संक्रमितको बुधवार मृत्यु भएको छ। पर्साका सहायक प्रमुख जिल्ल अधिकारी ललितकुमार बस्नेतले एकजनाको गण्डकस्थित नारायणी अस्थायी कोरोना अस्पतालमा र अर्कोको वीरगन्ज भेडियाहीस्थित नेसनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको बताए पुष्टि गरे।  

गण्डकस्थित कोभिड अस्पताल ६ दिनदेखि उपचाररत भर्ना रहेका वीरगन्जका एक ६८ वर्षीय कोरोना संक्रमितको बिहान १० बजेर ४० मिनेटमा मृत्यु भएको थियो। वीरगन्ज महानगरपालिका–७ रेशमकोठीका ६८ वर्षीय वृद्धको बुधबार मृत्यु भएको हो। अस्पतालका डाक्टर निरजकुमार सिंहका अनुसार वृद्ध वीरगन्जकै एड्भान्स मेडिकेयर हस्पिटलमा उपचारको क्रममा भर्ना रहँदा श्वासप्रश्वासमा समस्या देखिएपछि स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो। त्यसएपछि साउन ८ मा एड्भान्स मेडिकेयरबाट कोरोना अस्पताल रेफर गरिएका वृद्धमा पहिलोदेखि मुटु रोगको समस्या थियो।  

त्यस्तै नेसनल मेडिकल कलेजमा पखाला लागेर उपचारका लागि भर्ना रहेका एकजनाको बुधबार बिहान मृत्यु भएको छ भने साँझ आएको उनको स्वाब परीक्षण रिपोर्टमा कोरोना पोजेटिभ भेटिएको छ। ७१ वर्षका पुरुष झाडा पाखालाको मेडिकल कलेज पुगेका बेला उपचारका क्रममा स्वाब संकलन गरिएको थियो। रिपोर्ट नआउँदै बुधबार बिहान उनको मृत्यु भएको छ। बुधबार साँझ आएको रिपोर्टमा कोरोना पोजेटिभ छ। उनको पहिलोदेखि मिर्गौलामा समेत समस्या देखिएको थियो। ८ दिनयता वीरगन्जमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रकाशित: १५ श्रावण २०७७ ०३:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App