पर्सामा ५० र बारामा ३ जना गरी जनामा नारायणी अस्पतालको प्रयोगशालाबाट बुधबार राति आएको परीक्षण रिपोर्टमा थप ५३ जनामा यहाँ कोरोना संक्रमण पुष्टि भएको छ। बाराका ३ जना बाहेक अरु सबै ५० जना पर्सामै बस्दै आएकाहरू हुन्।
३ वर्षदेखि ६० वर्ष उमेरसमूहका १५ महिलासहित ५३ जना नयाँ संक्रमित थपिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताएका छन्।
यसमा अस्पतालका दुई चिकित्सकसहित ४ स्वास्थ्यकर्मी र नारायणी अस्पतालको आवासमा बस्ने स्वास्थ्यकर्मीहरुका परिवारका ११ जना पनि संक्रमित भएका छन्। यसमा दुई बालबालिकासमेत छन्। बाराका संक्रमितमध्ये दुई जना जितपुर स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी हुन्।
त्यसतै वीरगन्जस्थित नेपाली सेनाको ब्यारेकका थप दुई जवानमा कोरोना देखिएको छ। अन्य संक्रमित पर्साको छिपहरमाई गाउँपालिका एक र पटेर्वासुगौली–५ का तीन जना सहित वीरगन्ज महानगरपालिकाको छपकैया, बिर्ता, रेशमकोठी, मुर्ली, पानीट्यांकी र सिर्सियाका हुन्।
प्रकाशित: १५ श्रावण २०७७ ०४:३९ बिहीबार