१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

रासायनिक मल किन्दा कोरोना संक्रमणको जोखिम

रासानिक मल किन्न पुगेका किसान। तस्बिर: नागरिक

महिना दिन अघिदेखि खुलेआम रुपमा नेपाल र भारतको सीमावर्तीमा आवागमन बढ्दो छ। भारतीय रासानिक मल किन्न नेपाली किसान जाँदा आवागमन बाक्लिएको हो। ८२ किलोमिटर खुला सीमामा रासानिक मल किन्न दैनिक सयौं किसान सीमावर्तीसम्म पुग्छन्।

नेपाली किसान र भारतका सयौं मानिस भिड छिचोलेर रासानिक मल किन्नुपर्ने किसानलाई बाध्यता छ। महंगो र सस्तो कुनै वास्ता नगरी मल किन्नुपर्ने किसानको नियति बनेको छ। महिनौदेखि भइरहेको यस्तो गतिविधि रोक्न प्रशासनले सकिरहेको छैन। अझै पनि किसानलाई मल अभाव छ। तर, तस्करी गरेर ल्याएको मल किसान चार गुणा महंगोसम्म किन्न बाध्य छन्।

भारतका व्यापारीबाट खरिद गरी रासानिक मल किसानले घरघर भित्र्याउन थाल्दा किसानलाई अर्को चिन्ता थपिएको छ– मलसँगै कोरोना त भित्रिएन।  

सीमावर्तीमा खुलेआम रुपमा हुने रासानिक मलको कारोबारमा नेपाली किसान मुख्य ग्राहक हुन्। अधिकांश किसानको घरमा मल त आयो। तर, मलसँगै कोरोना भित्रिएको भन्दै समुदाय त्रस्त छ। पहिला पहिला भारतबाट आएका माानिसलाई क्वारेन्टिनमा राख्ने चलन थियो। बिस्तारै भारतबाट आएको मलसँगै आएको कोरोनाको पनि बेवास्ता भइरहेको किसानको आरोप छ।  

धानमा भारतीय मल प्रयोग गरिए पनि यतिखेर कोरोना संक्रमण समुदाय फैलिएकामा सर्वसाधरण त्रसित भएको स्थानीय बताउँछन्। ‘भारतीय सीमावर्ती क्षेत्रबाट दिनहुँ सयौं मानिसको भिँड हुन्छ,’ स्थानीय महोम्मद अन्सारीले भने, ‘मास्क नलगाएका अधिकांश किसान त्यहाँ देखिन्छन्, त्यस्ताबाट कोरोना संक्रमण समुदायमा फैलिने त्रास बढिरहेको छ।’ उनका अनुसार मल लिन पुग्ने सर्वसाधरण  सुरक्षा मापदण्डबारे समेत अनभिज्ञ छन्।

एक महिनाअघि छिटफुट रुपमा साल्ट ट्रेडिङ र खाद्य संस्थानले सहकारीमार्फत रासानिक मल (डिएपी र युरिया) वितरण गरेको थियो। संस्थानले वितरण गरेको मल सीमित सहकारीमा आबद्ध किसानले मात्र पाएका थिए। सहकारीमार्फत मल नपाउने किसान ५० प्रतिशत किसान छन्। सहकारीमार्फत वितरण गरेको मल २० केजी मात्र पाएको सहकारी सदस्य किसानले बताए। ‘सहकारीमार्फत पाएको मल नाम मात्रको हो,’ उनले भने, ‘तीन क्यिन्टल मल पाउने ठाउँमा २० किलो मात्र पायौं।’  

खाद्य संस्थान र साल्ट ट्रेडिङमार्फत मल आउने सम्भावना न्यून रहेको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए। ‘मैले संस्थानका जिएम सरसँग कुरा गरेको छु,’ उनले भने, ‘डिएपी मल आउने सम्भावना भएपनि युरिया मल अझै उपलब्ध नहुने कुरा गर्नुभयो।’ धानका लागि यतिखेर युरिया आवश्यक भएको उनले स्वीकारे। भारतबाट मल ल्याउदा आखा चिम्लिनु परेको उनी बताउँछन्। ‘सुरक्षा मापदण्डा पूरा गर्न लगाएर किसानलाई एक बोरा मल ल्याउन दिएका छौं,’ उनले भने।

महिनौअघि सुरक्षा मापदण्ड पूरा नगरी मल ल्याएका किसानलाई पहिचान गरेर कोरोना परीक्षण गर्न लागिएको प्रजिअ अधिकारी बताउँछन्। होटल मजदुर, किसान, ट्रेसिङमा परेका मानिस परीक्षण प्राथामिकतामा पर्ने उनले जानकारी दिए। ‘धेरै पटक सुरक्षा मापदण्ड पूरा नगरी रासायनिक मल लिन पुगेका किसानको तस्ब्रि सामाजिक सञ्जालमा आएको थियो,’ उनले भने, ‘मास्क बाहेकका किसानलाई त्यस्ता ठाउँमा जान प्रशासनले रोक लगाएको छ।’

प्रकाशित: १४ श्रावण २०७७ ०४:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App