१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

देउवापछि को ?

‘शेरबहादुर देउवाको समर्थनमा १५ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने सम्भावना छ, नहुने भन्ने के छ र ?’ २०८० भदौ १९ गते नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले चितवन पुगेर देउवाको साथ र समर्थन पाउने संकेत गरे। शशांक मात्र होइनन्, पार्टी नेतृत्वका अन्य आकांक्षी पनि देउवासँग निकटता बढाएर नेतृत्वमा पुग्ने चाहनामा छन्।

कांग्रेस विधानको विद्यमान व्यवस्थाले देउवालाई अब नेतृत्व प्रतिस्पर्धामा उत्रिने अधिकार दिँदैन। विधानले लगातार दुईपटकभन्दा बढी सभापति बन्न प्रतिबन्ध लगाएको छ। त्यसैले देउवाको समेत विश्वास बटुलेर उनको उत्तराधिकारी बन्ने होड कांग्रेस नेतामा तीव्र बन्दै गएको हो। १४औं महाधिवेशन सकिएसँगै कांग्रेसमा अर्को महाधिवेशनको नेतृत्वको जोडघटाउ सुरु भएको हो। विधानको वैधानिक व्यवस्था अर्थात् चार वर्षमा महाधिवेशन भए कांग्रेसको १५ औं महाधिवेशन २०८२ सालमा हुनेछ।

पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि र प्रकाशमान सिंह, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेता शेखर कोइरालाका साथै उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा नेतृत्व आकांक्षी छन्।

तर २०४६ को राजनीतिक परिवर्तनपछि कांग्रेसको महाधिवेशन विधानले व्यवस्था गरेको अतिरिक्त सुविधा मात्र होइन, संवैधानिक सीमा र बाध्यताका कारण हुने गरेको छ। त्यसले गर्दा कांग्रेसको १५औं महाधिवेशन २०८२ मा हुने सम्भावना अत्यन्तै कम छ। यद्यपि नेताहरू शशांक कोइराला मात्र होइन, कांग्रेसका आधा दर्जन नेताहरू देउवापछि पार्टीको नेतृत्वमा पुग्ने आकांक्षमा छन्। पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि र प्रकाशमान सिंह, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेता शेखर कोइरालाका साथै उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा नेतृत्व आकांक्षी छन्।

पूर्वउपसभापति निधि पनि देउवासँग चिसिएको सम्बन्ध सुधार गरेर उत्तराधिकारी बन्ने कोसिसमा छन्। १४औं महाधिवेशनमा देउवासँगै निधि सभापतिको प्रत्यासी बनेका थिए। पहिलो चरणमा देउवाले सभापति निर्वाचित हुन आवश्यक पर्ने मत पाएनन्। त्यसपछि भएको निर्वाचनमा निधि देउवाको पक्षमा खुलेका थिए। देउवासँग सम्बन्ध विस्तारसँगै पार्टीका नेता–कार्यकर्तासँगको भेटघाटलाई निधि बढाउँदै लगेका छन्। केही दिनअघि कर्णालीका केही जिल्ला पुगेर आएका निधि अन्य जिल्ला जाने तयारीमा छन्। निधि मात्र होइन, १४औं महाधिवेशनमा सिंह पनि सभापतिको प्रत्यासी थिए । महाधिवेशनअघिसम्म सिंह देउवाविरोधी देखिएका थिए।

२०७९ सालमा भएको आम निर्वाचनमा काठमाडौं–५ बाट निर्वाचित पौडेलले अहिले सिटौलाको साथ छाडेका छन्। तर सिटौलाले भने देउवाको साथ छाडेका छैनन्। बरु, देशदौडाहामा निस्कने र देउवाको विकल्प बन्ने उनको तयारी छ।

नेतृत्व प्रतिस्पर्धामा तेस्रो भएपछि सिंह दोस्रो चरणमा भएको निर्वाचनमा देउवाको पक्षमा उभिएका थिए। अहिले स्वास्थ्य उपचारमा रहेका सिंह आगामी नेतृत्वका लागि देउवाको साथ र सहयोग पाउने आशामा छन्। पार्टीको १३औं महाधिवेशनमै सभापतिको प्रत्यासी बनेका सिटौला १४औंमा देउवाको सहयोगी बनेका थिए। 

तत्कालीन संस्थापन पक्षसँग सिटौलाले विद्रोह गरेर सभापतिको प्रत्यासी बन्दा देउवालाई पहिलो पटक कांग्रेस नेतृत्वमा पुग्न सहज बनेको थियो । त्यसलाई निरन्तरता दिँदै सिटौला १४औं महाधिवेशनमा निकट नेता प्रदीप पौडेललाई देउवा समूहबाट महामन्त्रीका प्रत्यासी बनाएका थिए। २०७९ सालमा भएको आम निर्वाचनमा काठमाडौं–५ बाट निर्वाचित पौडेलले अहिले सिटौलाको साथ छाडेका छन्। तर सिटौलाले भने देउवाको साथ छाडेका छैनन्। बरु, देशदौडाहामा निस्कने र देउवाको विकल्प बन्ने उनको तयारी छ।

कांग्रेस, माओवादीसहितको फागुन २१ गतेअघिको गठबन्धन कायमै भएको भए राष्ट्रियसभा अध्यक्षको जिम्मेवारीमा पुगेर सिटौला सत्ता राजनीतिमा सक्रिय हुन चाहेका थिए। तर माओवादीले कांग्रेससँगको गठबन्धन तोडेसँगै सिटौला अध्यक्षको जिम्मेवारीमा पुग्न चुके।

 सभापतिको पनि विश्वास लिएर अघि बढ्ने रणनीतिमा रहेका शेखर त्यही भएर देउवाप्रति नरम सुनिन थालेको आलोचकहरूले बताउन थालेका छन्। तर शेखरले त्यसलाई खण्डन गर्दै आएका छन्। पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाट र जिल्ला दौडाहालाई तीव्र बनाएका छन्।

त्यससँगै उनको ध्यान पार्टी नेतृत्वमा केन्द्रित भएको निकटहरूको दाबी छ। उपसभापति खड्का पनि देउवाको समर्थनमा आगामी महाधिवेशनमा सभापतिको प्रत्यासी बन्ने रणनीतिमा छन् । संस्थापन पक्षको नेतृत्व देउवापछि आफूले गर्ने उनको बुझाइ छ। सोहीअनुसार आफ्नो सक्रियता बढाएका छन्। तर संस्थापनभित्रकै नेताहरूमा एकमत नरहेकोे निकटहरू बताउँछन्।

१४ औं महाधिवेशनमै सभापतिको प्रत्यासी बनेका शेखर कोइराला नेतृत्वमा पुग्ने लक्ष्यसहित भेटघाट र कार्यक्रमहरूमा सक्रिय छन्। १४औं महाधिवेशनमा आफ्ना भाइ शशांक र बहिनी सुजाताको समर्थन पाउन असफल शेखर अहिले परिवारका साथै पार्टीका नेता तथा कार्यकर्ताको थप विश्वाससहित नेतृत्वमा पुग्ने रणनीतिमा छन्। सोहीअनुसार शेखरले केही दिनअघि मात्र सुजातासँग भेटघाट गरेका छन्। सभापतिको पनि विश्वास लिएर अघि बढ्ने रणनीतिमा रहेका शेखर त्यही भएर देउवाप्रति नरम सुनिन थालेको आलोचकहरूले बताउन थालेका छन्। तर शेखरले त्यसलाई खण्डन गर्दै आएका छन्। पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाट र जिल्ला दौडाहालाई तीव्र बनाएका छन्।

अर्का महामन्त्री विश्वप्रकाश शर्मा र महामन्त्रीका प्रत्यासी प्रदीप पौडेलको समेत साथ लिएर थापा पार्टी नेतृत्वमा धक्का दिने रणनीतिमा रहेको निकटहरूको दाबी छ। तर महाधिवेशनसम्ममा शर्मा र पौडेलको साथ थापाले पाउँछन् वा पाउनन् भन्ने अनिश्चिता भने कायमै छ।

पार्टीको १३औं महाधिवेशनमा सिटौला समूहबाट महामन्त्रीको प्रत्यासी बनेका गगनकुमार थापा १४औं महाधिवेशन शेखर समूहबाट महामन्त्री निर्वाचित भए। महामन्त्रीको जिम्मेवारीमा पुगे पनि अपेक्षित काम गर्न नसकेको भन्दै आलोचनो पारो बढ्दै गए पनि थापाले पार्टीमा सुधारका लागि ड्राभिङ सिटमा नबसी सम्भव नहुने बताउँदै आएका छन्। १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने उनले बताउँदै आएका छन्। त्यसको तयारी अनुसार उनले यसबीचमा विभिन्न अभियान सञ्चालन गर्नुका साथै सोहीअनुसारको भेटघाट र तयारीमा जुटेका छन्।

अर्का महामन्त्री विश्वप्रकाश शर्मा र महामन्त्रीका प्रत्यासी प्रदीप पौडेलको समेत साथ लिएर थापा पार्टी नेतृत्वमा धक्का दिने रणनीतिमा रहेको निकटहरूको दाबी छ। तर महाधिवेशनसम्ममा शर्मा र पौडेलको साथ थापाले पाउँछन् वा पाउनन् भन्ने अनिश्चिता भने कायमै छ।

जीवनको उत्तरार्धमामा पार्टी नेतृत्व बिपीकै छोरामा हस्तान्तरण गर्ने लागेको ‘इमोस्नल’ कुरा गरेर पत्नी आरजुसहित निकटहरूको व्यवस्थापनलाई सहज बनाउन सक्ने विश्लेषण पनि कांग्रेसभित्र गर्न थालिएको छ ।

नेतृत्वमा पुग्ने आकांक्षा र चाहनाका साथ कांग्रेसका नेताहरूले सक्रियता बढाए पनि देउवाले भने अहिलेसम्म आफ्नो उत्तराधिकारीबारे मुख खोलेका छैनन्। आफू बिपीको सच्चा अनुयायी भएको बताउने गरेका देउवाका लागि नेतृत्व प्रतिस्पर्धामा भएकामध्ये शशांक कम रिस्क भएको उम्मेदवार रहेको निकटहरूको बुझाइ छ।

जीवनको उत्तरार्धमामा पार्टी नेतृत्व बिपीकै छोरामा हस्तान्तरण गर्ने लागेको ‘इमोस्नल’ कुरा गरेर पत्नी आरजुसहित निकटहरूको व्यवस्थापनलाई सहज बनाउन सक्ने विश्लेषण पनि कांग्रेसभित्र गर्न थालिएको छ । १४औं महाधिवेशनमा दाजु शेखरको पक्षमा शशांक नखुल्नु र एक वर्षअघि नै देउवाको साथ पाउने अभिव्यक्तिलाई कांग्रेसजनले सोहीअनुसार विश्लेषण गर्न थालेका छन्।

प्रकाशित: १२ असार २०८१ ०६:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App