१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

निःशुल्क उच्च शिक्षामा शिक्षामन्त्रीको विमति, भन्छिन्: बरु ऋण दिन सकिन्छ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले उच्च शिक्षा निःशुल्क गर्ने विषयमा विमति राखेकी छन्। आइतबार प्रतिनिधिसभामा बैठकमा बोल्दै मन्त्री श्रेष्ठले विमति राखेकी हुन्।

‘निःशुल्क शिक्षा भन्ने कुरा कर्णप्रिय डेफिनेट्ली छ। कुन मतदातालाई सुन्न मन लाग्दैन,’ उनले भनिन्,‘तर, मलाई यो भन्दिनुस् स्रोत कहाँबाट ल्याउने ?’

संविधानले १२ कक्षासम्म निःशुल्क भनेको भन्दै त्यसको प्रत्याभूतिमा आफू लागेको मन्त्री श्रेष्ठले बताइन्। यसमा समुदायबाट पनि योगदान हुनुपर्ने आशय उनले व्यक्त गरिन्। सामुदायिक विद्यालयका लागि शिक्षा ऐनमा नै १० लाख दान गर्ने भनेको विषयतर्फ पनि सबैले ध्यान दिनुपर्ने उनले बताइन्।

‘उच्च शिक्षा निःशुल्क हुनुपर्छ भन्दै गर्दा त्यसमा स्रोत कहाँबाट ल्याउने ? त्यसमा मेरो विमति छ,’ मन्त्री श्रेष्ठले भनिन्। जुन वर्गसँग केहि छैन उसलाई छात्रवृत्ति मात्र नभई अन्य सुविधा पनि दिनुपर्ने पक्षमा आफू रहेको दाबी गरिन्।

‘जुन वर्गलाई ऋण लिएर पढ्न सक्छ उहाँलाई त्यहाँसम्मको पहुँचसम्म जोड्नुपर्छ त्यहिँकारण नीति तथा कार्यक्रममा चक्रीय लोनको प्रावधान राखेका छौं। काम हुँदैछ,’ उनले अगाडि भनिन्।

प्रकाशित: ९ असार २०८१ १६:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App