१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

कोशीमा पानीको बहाव ६ लाख क्युसेक, अत्यधिक खतरा

निरन्तरको वर्षाले कोशी नदीमा पानीको बहाव ६ लाख पार गरेको छ। अहिले ९:५० बजेको मापनअनुसार कोशी ब्यारेजमा पानीको बहाव ६ लाख क्यूसेक प्रतिसेकेन्ड रहेको कोशी ब्यारेज नियन्त्रण कक्षले जानकारी दिएको छ।

अत्याधिक चरम खतराको तह पार गरेपछि सवारी अहिले कोशी ब्यारेजमा 'हाइ रेड अलर्ट' जारी गरि साइरन बजाइएको छ।

पानीको सतह निरन्तर बढ्ने क्रममा रहेकोले दिउँसो ४ बजेबाट कोशी पुल माथिबाट सवारी आवागमनमा रोक लगाइएको स्थानीय प्रशासनले जनाएको छ। अहिले  पैदल यात्रीलाई समेत आउजाउमा रोक लगाइएको छ।  

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, सप्तरी र नसरीका प्रशासन र कोसी योजनाका भारतीय प्राविधिकहरुको छलफलपछि ब्यारेज पुलमा जोखिम बढेको भन्दै सवारी साधन आवागमनमा रोक लगाउने निर्णय भएको हो।

सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले कोशी ब्यारेज पुलमा सवारी आवतजावतमा रोक लगाइएको जानकारी दिए। कोशी नदीमा पानीको बहाव बढेपछि ब्यारेजका ५६  ढोका खुला गरिएको छ।

कोशी ब्यारेजमा खतराको संकेतको रातो बत्ती बालिएको छ। कोशी नदीमा पानीको बहाव एक लाख ५० हजार  काट्नेबित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति कन्ट्रोल कक्षमाथि रातो बत्ती बाल्ने गरिन्छ।

प्रकाशित: १२ आश्विन २०८१ २२:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App