१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

वैदेशिक रोजगारीमा जाने ९६ प्रतिशत नागरिक ठगिएका छन्, टुलुटुलु हेरेर बस्न सक्दिनँ: मन्त्री अर्याल

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा ठगिएका नागरिकहरुलाई टुलुटुल हेरेर नबस्ने बताएका छन्।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री अर्यालले भने ‘९६ प्रतिशत नागरिकहरु जो विदेश जानुभएको छ, उहाँहरुमाथि ठगिएको विषयलाई मैले टुलुटुलु हेरेर बस्न सक्दिनँ।’

उहाले फ्री भिसा फ्री टिकटले विकराल अवस्था सिर्जना गरेको बताउँदै फ्री भिसा फ्री टिकट जम्मा ४ प्रतिशत मात्रै कार्यान्वयन भएको र बाँकी ९६ प्रतिशत नागरिक वैदेशिक रोजगारीमा जाँदा ठगिएको बताए।

‘करिब १ खर्ब ३ अर्ब रुपैयाँ हरेक वर्ष बैंकिङ च्यानलमा नआइकन बजारमा चलेको हुन्छ। जुन त्यही नागरिकबाट ठगिएको देखिएको छ। त्यसकारणले यसको अन्त्य त गर्नु नै पर्छ। त्यसकारणले यसलाई मैले संवेदनशील रुपमा हेरेको छु।’ उनले भने।

उनले ठगिएका नागरिकहरुको सम्बन्धमा आफूले काम गरिरहेको सुनाए। ‘त्यसको विषयमा काम गरिरहेको म जानकारी गराउन चाहन्छु। हामीले बैंकिङ च्यानलबाट कारोबार गराउनका लागि त्यसमा उच्चतम प्रयास गरिरहेका छौँ। त्यो भइसके पछाडि नागरिकहरु ठगिनबाट अझ बच्नुहुन्छ भन्ने मेरो बुझाइ छ।’

प्रकाशित: ९ असार २०८१ १८:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App