११ कार्तिक २०८१ आइतबार
image/svg+xml

कोहलपुर बन्द गर्ने निर्णयपछि नगरपालिका र ब्यापारीबीच जुहारी

कोरोना भाइरस(कोभिड–१९)को संक्रमण समुदाय स्तरमा फैलिएको भन्दै कोहलपुर नगरपालिका क्षेत्रलाई पुर्ण रुपले बन्द गर्ने निर्णय भएपछि विवाद उत्पन्न भएको छ । नगर प्रमुख लुटबहादुर रावतको अध्यक्षतामा गत साउन ३१ गते बसेको सर्बपक्षिय बैठकले कोरोना संक्रमण समुदाय स्तरमै फैलिएको निस्कर्षसहित साउन ३२ गतेदेखी भदौं ५ गतेसम्म बन्द गर्ने निर्णय गरेको थियो ।

लापरबाहीले फैलिँदै संक्रमण

पथलैया औद्योगिक करिडोरका केहि उद्योगको लापरवाहीले संक्रमण फैलिएको छ। स्वास्थ्य सुरक्षा बिना नै कामदारलाई काममा लगाउँदा उद्योगभित्र संक्रमण फैलिएको पाइएको छ।

नेपाल प्रहरीका दुई जना डीआईजीमा कोरोना संक्रमण

नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत दुई जना उच्च प्रहरी अधिकृतमा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका दुई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा कोरोना संक्रमण भेटिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए।

भरतपुर अस्पतालका प्रमुखसहित २८ जनामा कोरोना संक्रमण

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीसहित चितवनमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार बेलुका आएको नतिजा अनुसार चितवनका २७ र सर्लाहीका एकजना छन्। भरतपुर अस्पतालका मात्रै तीनजना चिकित्सक र एकजना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले बताए।

सीमा सिल गफमै सीमित : प्रदेश २ मा संक्रमण र मृत्युको बढ्दो ग्राफ

दैनिक उपभोगका सामान किन्न सीमापारिको बजार जानेको संख्या बढ्न थालेको छ । पारीबाट तस्करीका समान वारिका गाउँसहरमा भित्रीरहेकै छ । सीमाक्षेत्रमा बढ्दो ओहोरदोहारले समान्य अवस्थाको झल्को दिइरहेको छ ।

कर्णालीमा थप ८ जनामा कोरोना

कर्णालीमा शनिबार थप आठ जना कोरोना संक्रमित थपिएका छन्। सुर्खेतका पाँच र दैलेखका तीन जनामा कोरोना संक्रमण देखिएको हो।

उपत्यकामा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उपत्यकामा पछिल्लो समय कोरोना संक्रमण बढेको बताएका छन् । उनका अनुसार उपत्यका तीन जिल्लामा पछिल्लो २४ घन्टामा ९८ जना संक्रमित थपिएको छन् ।

घर फर्केकाहरूमा पुनः संक्रमण

कोरोना संक्रमण देखिएपछि क्वारेन्टिनमा बसेर घर फर्केहरूमा पुनः संक्रमण देखिएको छ। बैतडीको सुर्नया गाउँपालिका–७ का दुईजनामा पुनः कोरोना पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए। कोरोना पुष्टि भएर पनि कुनै लक्षण नदेखिँदा ती दुवैलाई १४ दिनको क्वारेन्टिन बसाइपछि स्वाब परीक्षणबिनै घर फर्काइएको थियो। उनीहरूको पुनः स्वाब परीक्षण गर्दा भने पोजेटिभ देखिएको हो।

प्रदेश ५ : कोरोनाको दैनिक प्रेस ब्रिफिङ गर्ने महाशाखा प्रमुखलाई नै संक्रमण

प्रदेश नं. ५ मा कोरोनाको तथ्यांक अपडेट गर्ने बरिष्ठ स्वास्थ्य प्रशासकलाई नै कोरोना संक्रमण भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य महाशाखाका प्रमुख डा उमाशंकर प्रसाद चौधरीलाई कारोना पोजेटिभ देखिएको हो ।

औद्योगिक करिडोर क्षेत्र दुहवीमा कोरोनाको संक्रमण फैलिदै

पछिल्लो समय सुनसरीको औद्योगिक करिडोर क्षेत्रको रुपमा चिनिएको दुहवीमा समुदायस्तरमा कोरोना भाइरस (कोभिड–१९) फैलिँदो छ। शुक्रबार मात्र दुहवीमा एकैपटक १३ जनालाई कोरोना पुष्टि भएको छ।

सदरमुकाम तौलिहवा बन्यो कोरोनाको केन्द्र

कपिलवस्तुमा फेरी कोरोना संक्रमण तीव्र रुपमा फैलिएको छ। बैशाख २५ गते भारतबाट फर्केका मायादेबी गाउँपालिका अभिरावका २ जना युवामा पहिलो पटक संक्रमण देखिएको थियो।

निर्बाध आउजाउले फैलिँदै संक्रमण

लकडाउन खुलेसँगै खुला सीमामा सरकार र समुदाय दुवै पक्षबाट भएको लापरबाहीले फेरि संक्रमण बढ्न थालेको छ। प्रदेशमा पछिल्लो तीन सातामा साढे ५ सय संक्रमित थपिएका छन् तर सावधानी नगन्य छ। सरकारी कार्यालयको लापरबाही उस्तै छ भने मास्कको प्रयोग नगन्य छ। विभिन्न संघसंस्था र राजनीतिक दलका भीडभाडयुक्त कार्यक्रम पनि चल्दै आएका छन्।

संक्रमणबाट ज्यान गुमाउने ८३ पुगे

लकडाउन खुकुलो पारेको तीन सातापछि नेपालमा कोरोना संक्रमण बृद्विदर तीन गुणाले बृद्धि भएको छ।

दाङमा नेपाली सेनाका २९ जवानमा कोरोना

दाङमा मंगलवार नेपाली सेनाका २९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगन्ज स्थित भेरी अस्पतालमा गरिएको परीक्षणका क्रममा तुलसीपुर स्थित १९ नम्बर बाहिनीका २९ जना सेनाका जवानमा कोरोना संक्रमण पुष्टि भएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्