१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

औद्योगिक करिडोर क्षेत्र दुहवीमा कोरोनाको संक्रमण फैलिदै

पछिल्लो समय सुनसरीको औद्योगिक करिडोर क्षेत्रको रुपमा चिनिएको दुहवीमा समुदायस्तरमा कोरोना भाइरस (कोभिड–१९) फैलिँदो छ। शुक्रबार मात्र दुहवीमा एकैपटक १३ जनालाई कोरोना पुष्टि भएको छ।  

कोरोना संक्रमित हुनेमध्ये नौ जना यसअघि संक्रमित व्यक्तिको सम्पर्कमा रहेका र चार जना शंकाका आधारमा पिसिआर टेस्ट गरेका रहेका छन्। अहिलेसम्म दुहवीमा कोरोना संक्रमित हुने सवै जना समुदायस्तरकै व्यक्ति भएको दुहवी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विन्देश्वरप्रसाद महत्तोले बताए।

दुहवीमा केही दिनअघि एक जना हेन्डसम पार्लर सञ्चालकलाई कोरोना पुष्टि हुँदा उसको सम्पर्कमा रहेका मात्र थप छ जनालाई कोरोना पोजेटिभ भएको थियो।  

दुहवी क्षेत्रमा अहिलेसम्म ३६ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।  

विहीबार मात्र दुुहवीको सोनापुर क्षेत्रका दुईवटा उद्योगका मजदुरलाई कोरोना पोजेटिभ पुष्टि भएको थियो। सोनापुरको पशुपति पेन्ट्स र पशुपति उद्योगमा कार्यरत तीन जना मजदुरलाई कोरोना पुष्टि भएको थियो। जसले गर्दा उद्योगमा सिल गरिएको छ। उद्योग भदौ ५ गतेसम्म सिल गर्ने निर्णय गरिएको छ।  

सुनसरीका नाम चलेका उद्योग रिलायन्स, अरिहन्त मल्टिफाइवर्स, अरिहन्त पोलिप्याक, सनराइज पेपर मिल, एशियन थाइफुड, अन्नपूर्ण जुत्ता चप्पल उद्योग, पशुपति पेन्ट्स, पशुपति वायर, ओम प्लाई उडलगायतका थ्रपै उद्योगमा काम गर्ने कामदारको संख्या ठूलो  छ। यी उद्योगमा काम गर्नेलाई कोरोना संक्रमण फैलिए नियन्त्रण बाहिर जाने भएकाले गर्दा नियमनकारी निकाय सचेत रहँदै आएको छ।  

उद्योगका कामदारमा कोरोना संक्रमण फैलिए स्थिती नियन्त्रणमा लिन असहज हुने भएकाले गर्दा बेलैमा क्वारेन्टिन र आइसोलेसन निर्माण गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीले सकुर्लर पनि जारी गरि सकेको छ।

प्रकाशित: ३० श्रावण २०७७ १२:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App