३१ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

अर्घाखाँचीमा ११ वर्षीय बालिकासँग बिहे गर्ने ३० वर्षीय पुरुष पक्राउ

अर्घाखाँचीमा ११ वर्षीय बालिकासँग विवाह गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा लिएको छ।

जिल्लाको पाणिनी गाउँपालिका-४, पटौटीका अम्मर बहादुर रानाले गत वैशाख ३१ गते नाबालिकासँग बिहे गरेको आरोपमा प्रहरीले उनलाई आइतबार दिउँसो नियन्त्रणमा लिएको हो।

अम्मर उमेरले ३० वर्षका भए। उनले विवाह गरेको नाबालिकाकाे उमेर भने मात्र   ११ वर्ष ७ महिना रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख (डिएसपी) प्रतित सिंह राठोरले जानकारी दिए।

उनका अनुसार अम्मरले नाबालिकासँग बिहे गरेको भन्ने गोप्य सूचना प्रहरीले प्राप्त गरेको थियो। सोही सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो।

उनलाई पक्राउ गरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप लिई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १४ जेष्ठ २०८१ २०:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App