१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

स्वास्थ्यमन्त्री मेहताद्वारा पदभार ग्रहण

निवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या एवं खानेपानीमन्त्री निशा मेहताले पदभार ग्रहण गरेकी छन्।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएपश्चात् उनले मन्त्रालयमा पुगेर पदबहाली गरेकी हुन्। उनलाई मन्त्रालयका कर्मचारीहरुले स्वागत गरेका थिए।

पेसाले नर्स उनी रास्वपामा स्थापनाकालदेखि नै आवद्ध छिन्। उनी प्रतिनिधिसभा निर्वाचनमा रास्वपाको मधेसी ‘क्लस्टर’बाट समानुपातिक सांसद चुनिएकी हुन्। सुनसरी इनरुवाकी ३८ वर्षीया मेहताले भारतबाट नर्सिङमा स्नात्तकोत्तर गरेकी छन्। 

प्रकाशित: १३ चैत्र २०८२ १५:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App